Listen

Description

नमस्कार, म उपेन्द्र पाण्डेय । यो हो पडकास्ट Book Talk । यस पडकास्टमा हामी साहित्यका विविध आयामबारे चर्चा गर्नेछौं । हामी यसमा लेखन र पठन संस्कृतिका कुरा समेट्नेछौँ । अहिलेसम्म बहसका विषय नबनाइएका धेरै कुरामा पनि हामी छलफल गर्नेछौँ ।

साहित्यमा शरीरमाथिको राजनीति, पात्र निर्माण र प्रस्तुतीकरणबारे गहन समीक्षा हाम्रा कुराकानीका विषय हुन् । केही बाहिरका र केही नेपाली साहित्यका कुरा हामी गर्नेछौँ । विश्व साहित्यिक बजारमा आएका नयाँ कृति र लेखकका रमाइला किस्सा पनि हामी तपाईंलाई सुनाउनेछौँ । साथै केही कृतिका समीक्षा र लेखकसँगका रमाइला कुराकानी सुन्न चाहनुहुन्छ भने तपाईं मसँग गुगल पडकास्ट, पकेट कास्ट्स, रेडियो पब्लिक र स्पटिफाइ पडकास्टमा जोडिन सक्नुहुन्छ, धन्यवाद ।