Listen

Description

नमस्कार, म उपेन्द्र अनि यो हो पडकास्ट बुकटक । आजको एपिसोडमा समय व्यवस्थापनको बारेमा चर्चा गर्ने छु ।

समयमा कुनै कार्यक्रम सुरु नहुँदा 'नेपाली टाइम' भनेर खिसिट्युरी गर्ने गरिन्छ । ठीक सयममै कामकुरा सुरु हुने अवस्थालाई अक्सर 'ब्रिटिस टाइम' भन्ने गरेको पनि पाइन्छ । प्रविधिको फड्कोसँगै पछिल्लो समय समय व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखा परेको छ । अझ युवा पुस्ताले त पढ्दै जागिर पनि खानुपर्ने बाध्यता छ ।