(Daily devotion)
एज्रा 10:10-11 (NNRV)
10. तब खड़ा भएर पूजाहारी एज्राले भने, “तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर अपराध गरेका छौ, र इस्राएलको दोष बढ़ाएका छौ।11. अब परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको सामुन्ने आफ्ना पाप स्वीकार गर, र उहाँको इच्छाअनुसार काम गर। तिमीहरू विदेशी मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट अलग होओ।
जब पुजारी एज्रा यरुसलेम गएर मन्दिरको पुनर्निर्माण गरि सकियो, तब एजाले त्यस ठाँउ का इस्राएलि मानिअहरुले अन्य जातिहरुसगको बैबाहिक सम्बन्ध र तिनले पारेको असर बारे सुने। एज्राले आफ्ना मानिसहरुले गरेको बचनको अनाआग्यारिता प्रती उपबास बसेर बिलाप गरे। पापको कारण दन्ड असमभाबी थियो। तर परमेस्वरले ठुलो निगाह गरेर फेरि मन्दिरको पुनर्निर्माण र इस्राएलिहरु जम्मा हुन पाएका थिए। अब एज्राले इस्राएलिहरुलाई अन्य जाती श्रीमती र छोराछोरी हरुलाई समेत त्यागी दिन आदेस थिए। आफ्ना बिबाहित श्रीमती र छोराछोरी समेतलाई त्यागी दिनु र घरबाट निकालिदिनु धेरै दुखान्त घट्ना थियो तर परमेस्वरको आशिष् र उपस्थिती पाउनको निम्ति उनिहरुले सहि किसिमबाट आराधना गर्न र परमेस्वरको वचन अनुसार जिउनु पर्ने थियो। आज परमेस्वरको बचन अनुग्रहले भरिएको छ, तापनी हामिलाई लापरबाहिको बैबाहिक जीवन जिउने छुट छैन। परमेस्वरका छोराछोरिहरुको पहिले आफ्नो घर र परिवार बाट नै परमेस्वरको आराधना शुरु हुनु पर्छ। यरुसलेमको मन्दिर आज तपाईको शरीर र घर परिवार भएको छ। अन्य जाती मानिसहरुलाई प्रेम गर्नु पर्छ, प्राथना गर्नु पर्छ, सुसमाचार बाड्नु पर्छ। तर तपाईको परिवारलाई अन्य जातिहरुको प्रभाब, र सङ्स्कार बाट बचाउदै परमेस्वरको वचन अनुसार जिउने र उहाको उपासना गर्ने आत्मिक मन्दिरको रुपमा खडा गर्दै जानुपर्छ। आमेन।
3 फेब्रुअरी 2022
पास्टर नयन राई
(यो devotion दैनिक बाईबल अध्ययनमा आधारित छ। बिस्वासिहरुको आत्मिक उन्नतिको निम्ति सहायक होस भनेर मन्डली परिवार र बिस्वासिहरुलाई पठाईन्छ।)