Listen

Description

((Daily devotion)

मर्कुस 10:29-30 (NNRV)
29. येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले मेरो निम्‍ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्‍गाजमिन छोड्‌छ,30. त्‍यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन।

संसारमा जिइराखेको जिबनलाई त्यागेर यशुको पछि लाग्नु कती आनन्द! यशुको सुसमाचार सुने पछि मानिसले आफ्ना नजिकका आफन्त र समाजको पछि नलागी यशुको पछि लाग्छन। कती जनाको जिबनमा सतावट र कठिनाईको सामना गर्नु पर्ने स्थिती आउँछ। जहाँ उनिसग भएको जायजेथा समेत त्याग्नु पर्ने हुन्छ। परिवार र दाजुभाईले त्याग्छ। तापनी त्यो मानिस प्रभुको पछि लागिरहन्छ। त्यो कस्तो शक्ति र प्रेम यशुको ! यशुको पछि लाग्दा हामी शक्ति पाउछौ, परमेस्वरको माया पाउछौ, आशा पाउछौ। यशुले भन्नुभयो, उहालाई पछ्याउनेहरुको निम्ति बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन। बिचार गर्नुहोस- यसै समयमा ...अनि आउदो युगमा...। थाहा पाउनुभयो? प्रभुमा बिस्वास गरेको कारण तपाईं आफन्त हरुबाट अपहेलित हुनुभएको छ भने, वा धेरै थोक यशुको खातिर त्याग्दै हुनुहुन्छ भने म तपाईलाई ढाडस दिन चाहन्छु। तपाईलाई ती सबै कुरा यशुले प्रशस्त दिनुहुने प्रतिज्ञा गर्नु भएको छ। त्यो पनि अहिले यसै समयमा जिइरहदा। अनि आउने युगमा अनन्तको जीवन। हल्लेलुयाह!!!! हाम्रो परमेस्वर आशिर्वाद दिने हुनुहुन्छ। उहाले आफ्ना छोराछोरिलाई कहिल्यै निराशामा पार्नुहुनेछैन। उत्साही हुनुहोस र प्रभुको पछि लागिरहनुहोस। यशुको बारेमा मानिसहरुलाई बताईरहनुहोस। आमेन।

21 फेब्रुअरी 2022
पास्टर नयन राई