(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
मर्कुस 10:51-52 (NNRV)
51. येशूले त्यसलाई भन्नुभयो, “तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरूँ?” त्यस अन्धो मानिसले उहाँलाई भन्यो, “रब्बी, म दृष्टि पाऊँ।”52. अनि येशूले त्यसलाई भन्नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्तै त्यसले दृष्टि पायो, र बाटोमा येशूको पछिपछि लाग्यो।
अन्धा बारतिमै यशूको नजिक आउन खुब प्रयास गर्यो। धेरैले उनको प्रयासमा बाधा दिने कोसिस गरिरह्यो। बारतिमैको जोडले गर्दा येशूले तिनलाई देख्नु भयो र नजिक आउन दिनुभयो। येशू त्यस अन्धा मानिसलाई चाहिएको कुरा जान्नुहुन्थ्यो। तर उहाले तिनको मुखबाटै त्यो सुन्न चाहनुभयो।
प्रीयहरु, येशू तपाईको पनि सबै आबश्यक्ता र खाचो जान्नुहुन्छ। तर त्यो कुरा तपाईको मुखबाट नै सुन्न चाहनुहुन्छ। हाम्रो परमेश्वर दिनुहुने र भलाईको परमेश्वर हुनुहुन्छ । मानिसहरु प्रभुलाई बिन्ती गर्छन, प्रार्थना गरेर सहायताको अनुरोध गर्छन। तर उत्तर भने पाएका हुदैनन् । प्रार्थना देउ... मात्र भनेर हुदैन। के कुरा दिनु पर्ने? कुन कुरा खाचो परेको हो? स्पस्ट रुपमा किटानी गरेर मागेको येशू चाहनुहुन्छ । यसर्थ, प्रभुले दिनुहुन्छ, काम गर्नुहुन्छ भन्ने बिश्वासका साथ माग्नुहोस। येशूसग माग्नुहोस। बिन्ती गर्न नरोकिनुहोस। स्पस्टसग कुन कुरा चाहिएको होस । सो खुलाएर माग्नुहोस। आमेन।
11 मार्च 2022
पास्टर नयन राई