Listen

Description

(Daily devotion)

मत्ती 11:28-30 (NNRV)
28. “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।29. मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।30. किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”

थाकेका र बोझले दबिएकाहरुको निम्ति विश्राम लिने ठाउँ यशु हुनुहुन्छ। यशुले हाम्रो सबै पापको बोझ लिइदिनु भएको छ र स्वतन्त्रतामा आत्मिक विश्राम दिनु भएको छ। यशुले दिनुहुने विश्राम ब्यबस्थाको पालनबाट वा धर्म र कर्म बाट पाउन सकिँदैन। यशुलाई बिस्वास गरे पछि उहाले हाम्रो गर्हौ जुवा लिएर उहाको हलुको जुवा दिनुहुन्छ । त्यो हलुको जुवा भनेको ब्यबस्थाको आग्यापालन होइन, यशुको आग्यापालन हो। यशुलाई प्रेम गर्ने सबैले उहालाई पछ्याउन र आग्याकारी बन्न चाहन्छन। पबित्र आत्माले हृदय र मन परिवर्तन गर्नुहुन्छ । उहाको आग्यापालन स्वैइछाले गर्ने भएकोले यो कार्य हलुको छ। यशु प्रभुको कोमल र विनम्र हृदयले तपाईलाई अनवरत प्रेम गरिरहनुहुन्छ। तपाईको कमजोरी र भुलमा उहाँ धैर्य गरेर दया गरि पर्खिरहनुहुन्छ। अझ उठनको निम्ति, अगाडि बड्नको निम्ति सामर्थ्य दिनुहुन्छ । उहाको बिनम्र र कोमल दयालु हृदयकै कारण तपाईंले जतिसुकै खराब गरेको भए तापनी तपाइलाई क्षेमा दिनुहुन्छ। तपाईको खराबी उहाले लिनुहुन्छ र उहाको प्रेमको, क्षेमाको, अनन्तताको र आग्याकारिताको हलुको भारी तपाईमा राखिदिनुहुन्छ। यदि तपाईं पनि आज, थुप्रै भुल र कमजोरीलाई सम्झेर थाकेको हुनुहुन्छ भने यशुकहा आएर घुडा टेक्नुहोस। उहाले तपाईको भार लिइ तपाईलाई शक्ति र सामर्थ्य दिन तम्तयार हुनुहुन्छ। आमेन।

10 फेब्रुअरी 2022
पास्टर नयन राई