Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

यूहन्ना 12:12-15 (NNRV)
12. भोलिपल्‍ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्‍छ भन्‍ने सुन्‍यो,13. र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्‍वागत गर्न कराउँदै निस्‍के, “होसन्‍ना! धन्‍य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”14. अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्‍यसमाथि चढ्‌नुभयो, जस्‍तो लेखिएको छ,15. “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ।”

मत्तिको सुसमाचारमा लेख्दछ- यशूको यरुशलेममा बिजय प्रबेश। बाहिरी रुपमा हेर्दा यो क्षेणमा यशू प्रभुको निम्ति बिजय र उत्साहको कुनै गुन्जायस थिएन।उहाँ अब पिटिन र कोररा खादै क्रुसमा टागिन जानको निम्ति जाँदै हुनुहुन्थ्यो। तर आत्मिक रुपमा भने उहाले सन्सारको शक्ति अर्थात मृत्युलाई हराउनको निम्ति जाँदै हुनुहुन्थ्यो । स्वर्गको राजा हुनुभए तापनी उहाँ निमुखा बन्नुभयो र बिनम्रतामा गधाको बछेडोमा सवार हुनुभयो। प्रभुको त्यो सवारीमा भाग लिन पाउनेहरु कति आशिसित ! जसले खजुरका हागा(पात) हरुले बिजयको जुलुशमा कराउदै गए। त्यो बिजय जसले मानव जातिलाई इश्वरको नजिक ल्याउना लागेको थियो। मर्कुस 11:8 ले भन्छ, 'धेरैले आफ्ना बस्त्रहरु स्याउलाहरु बाटोमा ओछ्याए।' समर्पण स्वरुप सम्मानमा मानिसहरुले लगाएको लुगाहरु बाटोमा बिछ्याए र स्याउला र खजुरको हागार पातहरु बोकेर यशूको जयध्वनी गाए। हाम्रो प्रभु बिजयको प्रभु। उहामा सैतान हारेको छ। सन्सारको सबै देबर शक्ति हार्दछ। यधपी, त्यस्तो राजा, हाम्रो निम्ति नम्र बनेर गधा माथी सवार बन्दै हुनुहुन्थ्यो। उहाँ धनी हुनुहुन्थ्यो। तर हाम्रो निम्ति गरिब बन्नुभयो। उहाले स्वर्गको बैभब र महिमालाई छोडेर हामीलाई बचाउन मानिस भएर नै जन्म लिनुभयो। त्यसैकारण आज हामीले अनन्त जीवन पायौ। बिजय र आनन्दमा उत्सब मनाउन पायौ। आमेन।

9 अप्रिल 2022
पा. नयन राई