(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
मर्कुस 12:42-44 (NNRV)
42. अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।43. आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई44. किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”
यशूले परमेश्वरमा भेटी दान दिने बारेमा बताउनु भएको छ। भेटी चढाउनलाई राखेको भाडोमा यशूले हेर्नू भयो र सबैको भेटिलाई देख्नुभयो। धनिहरुले धेरै रकम र सुनचाँदी चढाए। एक जना बिधवा पनि तिनिसग भएको एक पैसा ल्याएर चढाईन। सर्ब ज्ञानि यशूले ती बिधवाको अवस्था सबै थाहा पाएर भन्नुभयो- "भेटी पात्रामा चढाउनेहरु मध्य ती बिधवाले सबै भन्दा धेरै चढाई।" किनकी सबैले आफ्नो प्रशस्तताबाट चढाए तर तिनले भने आफ्नो दरिद्र अबस्थामा रहेको जम्मा जति थियो ती सबै चढाएकी थिई। आफैमा नहुदा नहुदै पनि परमेश्वरमा चढाएको त्यो एक पैसा नै लाखौं चढाउनेहरुको भन्दा मुल्यको बन्यो। यदि हामीसग जति छ, त्यसबाट हिसाब मिलाएर, वा अड्कल गरेर भेटी चढाउछौ भने त्यो लाखौं भए पनि यशूको नजरमा भने कम नै हुनेछ। तर परमेश्वरलाई ग्राह्यता दिदै आफूलाई गार्हो पर्दा पनि वा अभाव हुदा हुँदै पनि भेटी चढाउदछौ भने सानो रकम भए पनि यशूले त्यसलाई धेरै मूल्यको देख्नु हुनेछ। परमेश्वरलाई मानिसको पैसाको खाचो पर्दैन तर हाम्रो मन र काम उहाप्रती कती समर्पित र भरोसामा छ भनेर हेर्न भेटी दिनु भनेर आज्ञा दिनुहुन्छ । आमेन।
12 मार्च 2022
पास्टर नयन राई