Listen

Description

(Daily devotion)

मत्ती 13:24-26 (NNRV)
24. येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो।25. तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो26. जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो।

यशुले स्वर्गको राज्यको बारेमा दृस्टान्तमा भन्नुहुदा केही रहस्यमय कुरालाई पनि प्रकट गरिदिनु भयो। मानिसहरू सुतेका बेला आएर धान रोपिएको खेतमा सामा रोपिदिने त्यो शत्रु को थियो? मानिसको त्यो शत्रु सैतान अर्थात दियाबलस हो। जसले आज पनि परमेस्वरका छोराछोरिको जिबनमा सामा रोप्न खोजिरहन्छ। सामा जसले धानलाई बड्न नदिई धानको निम्ति राखिएको मल र पानी सोसेर फस्टाउछ। धान पाक्न लाग्दा सामाको मात्रा धेरै हुन्छ। धान भने कम हुन्छ वा फल्दैन। हो, दियाबलसले पनि बिस्वासिहरुको जिबनमा ठिक सामा जस्तै गरिरहेको छ। त्यसले आत्मिक भोजनमा बाधा ल्याउछ। शरिरमा वा परिवारमा सतावट वा बन्धनमा पारेर आशिष् र आनन्दलाई चोरेर लैजान्छ। के आज तपाईको जीवन पनि सैतानले सामा रोप्न प्रयास गरिरहेको त छैन? बिचार गरौ! सैतानको हरेक आक्रमण र योजनाको बिरुद्धमा जाई लाग्न तपाईलाई शक्ति र अधिकार दिइएको छ। तपाईं बिस्तरामा सुत्नु अघि यशुको रगतलाई प्रयोग गर्नुहोस(हिब्रु ९:१६)।यशुको रगतले सुरक्षा दिन्छ। रातको अन्धकारमा काम गर्ने र तपाईको जिबनको शान्ती आनन्द चोरेर अप्ठ्यारो कष्ट (सामा) हालिदिने सैतानको बिरुद्धमा प्रभुको वचन घोषणा गर्नुहोस । पबित्र आत्माको आगो र शक्तिलाई प्रयोग गर्नुहोस। आज तपाईं र म यशुको रगत, पबित्र आत्माको शक्ति र परमेस्वरको जिउदो बचनद्दारा अन्धकारको शक्तिको विरुद्ध जाई लागौ। बिजय हाम्रो मिलिसकेको छ यशुको नाउमा। आमेन।

16 फेब्रुअरी 2022
पास्टर नयन राई