(Daily devotion)
अय्यूब 14:14-16 (NNRV)
14. .....मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।15. तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्छा गर्नुहुनेछ।16. निश्चय तपाईंले मेरा सबै चाल हेर्नुहुनेछ तर तपाईं मेरो पापको लेखा राख्नुहुन्न।
अयुबको जिबनमा आई परेको सङ्कस्टलाई उनले गार्हो र कठिन सेवाकार्यको रुपमा सम्झे। यो अवधी कठिन भए तापनि यसको अन्त्य हुनेछ । परमेस्वरले उनलाई हेर्नुहुनेछ, अनि फेरि पहिले झै अङ्गालो हाल्नु हुनेछ भन्ने कुराको प्रतीक्षा गर्न अयुबले मन बनाए। परमेस्वरले मलाई क्षेमा गरि सक्नु भएको छ, उहाले मेरो पापको लेखा राख्नुहुन्न । उहाले मलाई माया गर्नुहुन्छ। भयङ्कर उतार चढाव बिच पनि उहाको भलाईले मेरो सबै सङ्कस्टलाई जित्नेछ भन्ने सोचाई र बिस्वास अयुबले गरिरहे। तपाईको पनि सबै पापको लेखा नरहने गरि यशुले बलिदान आफैलाई दिनु भयो। यसर्थ, परमेस्वरले तपाईलाई आज एक अशल र धर्मी ब्यक्तिको रुपमा देख्नुहुन्छ। जिबनमा कठिन अबस्था भएर जाँदै हुनुहुन्छ भने, अयुबले झै सोच्नुहोस, बिस्वास गर्नुहोस प्रतीक्षा गर्नुहोस। परमेस्वरले तपाईलाई त्यस कठिन परिस्थिति बाट निकाल्नुहुनेछ। यशुले तपाईलाई पूरा गरेर क्षेमा दिई सक्नु भएको छ। यशुले तपाईलाई अत्यधिक माया गर्नुहुन्छ। तपाईले गरेको कुनै खराबिको पनि उहाले लेखा राख्नु भएको छैन। उहाँ तपाईलाई अति चाहनुहुन्छ। आमेन।
19 फेब्रुअरी 2022
पास्टर नयन राई