Listen

Description

(Daily devotion)

मत्ती 14:16-20 (NNRV)
16. तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई जानु आवश्‍यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।”17. तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्‌।”18. तब उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्‍याओ।”19. उहाँले भीड़लाई घाँसमा बस्‍ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्‍वर्गतिर हेरी परमेश्‍वरलाई धन्‍यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।20. ती सबैले खाएर तृप्‍त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए।

यशुको पछि लागेको भिडलाई उहाले माया गर्नुभयो। मानिसहरु भोकाएका थिए । खाना खाने समय पनि भयो। तर खानेकुरा भने पटक्कै थिएन। चेलाहरुले एउटा केटा सग भएको पाच रोटि र दुई माछा को बारेमा बताए। यशुले भन्नू भयो- ती म कहाँ ल्याओ। चेलाहरुले रोटि र माछालाई यशुकहा ल्याए पछी त्यो थोरै रोटि र माछालाई उहाले ठुलो भिडलाई बाडेर पनि उबार्ने गरि बृद्दि गर्नु भयो। ती थोरै खानेकुरा यशुकहा लानु नै ठुलो कुरा भयो। तपाईं सग पनि थोरै छ भने यशुकहा लानुहोस। उहाले धेरै बनाउनुहुनेछ। आफुसग भएको सामानलाई हेरेर यसो नभन्नुहोस- यतिले के पुग्ला र? यति थोरैले के नै हुन्छ र? यशुले कसैलाई पनि अभाब र निम्न स्तरमा बसेको चाहनुहुन्न। प्रभुको बचनलाई आग्याकारी भएर यशुकहा लानुहोस। यशुले हामिलाई शारीरिक र आत्मिक दुबै प्रकारले तृप्त पार्न सक्नुहुन्छ। जसरी यशुले भिडको लागि खाना जुटाउनुभयो, त्यसरी नै आत्माको लागि आत्मिक खाना प्रदान गर्नुहुन्छ। यशुले पाच रोटि र दुई माछाले पाच हजारको भिडलाई खुवानुभयो भने उहालाई बिस्वास गर्ने सबैलाई आत्मिक र शारीरिक भोजनको साथ बल र शक्ति पनि दिनुहुनेछ। आमेन।

17 फेब्रुअरी 2022
पास्टर नयन राई