Listen

Description

Daily devotion)
आजको वचन मनन गर्नुहोस।

मर्कुस 14:3-6 (NNRV)
3. उहाँ बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा खान बस्‍नुहुँदा एउटी स्‍त्री विशुद्ध जटामसीको बहुमूल्‍य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्‍यो शीशी फुटाएर त्‍यो सुगन्‍धित जटामसीको अत्तर उहाँको शिरमा खन्‍याई।4. तर कोही-कोहीले रीस गरेर आपसमा भन्‍न लागे, “यो सुगन्‍धित अत्तर किन यसरी नोक्‍सानी गरेको?5. किनकि यो अत्तर तीन सय चाँदीका सिक्‍काभन्‍दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्‍यो पैसा दिन सकिन्‍थ्‍यो।” अनि तिनीहरूले त्‍यस स्‍त्रीलाई झपारे ।6. तर येशूले भन्‍नुभयो, “छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे।

येशूको शिरमा एक स्त्रीले आफ्ना बहुमुल्य जटामसिको अत्तर सिगमर्मरको शिसीबाट खन्याएको देखेर सबै जनालाई मन परेको थिएन। यसो गर्ने स्त्री लाजरस र मार्थाकी बहिनी मरियम थिईन(युहन्ना11,12)। येशूको चेलाहरु पनि गनगन गरिरहेका थिए। किन भने त्यो अत्तर अती बहुमुल्य अर्थात एक जनाको लगातार एक बर्ससम्मको कमाईले पनि किन्न नसकिने खालको महङ्गो थियो। मरियमले यति महङ्गो अत्तरलाई येशूको शिरमा खन्याउदा सबै जनाले ब्यर्थैमा खेर गयो भन्ने सोचे। मानिसहरुले मरियमलाई किन यसो गरेको बरु बेचेको भए हुन्थ्यो भनेर झपारे। तर येशूले मरियमको पक्षमा बोल्नु भयो- " यिनले अशल काम गरेकी छे।" वास्तवमा मरियमले त्यति बहुमुल्य अत्तर उहाको शिरमा खन्याएर येशूलाई आदर, सत्कार र आराधना गरिन। कमसल र उब्रेको कुराहरु चढाएर म प्रभुको आदर गर्दैछु वा आराधना गर्दैछु भन्छौ भने हामीले अझै यशुलाई बुझेका छैनौ। येशू प्रभु हुनुहुन्छ, जीवन दाता हुनुहुन्छ। स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ । उहाँ कमसल र बाकी उब्रेको कुराहरु चढाईनको निम्ति होइन, मरियमले चढाएको झै बहुमुल्य थोकहरु चढाईनको योग्य हुनुहुन्छ। उहाँ पबित्र काम, पबित्र भेटी र अनमोल आराधनाको योग्य हुनुहुन्छ। बहुमुल्य थोकहरु चढाउदा वा मूल्यवान समयहरु र अमुल्य मेहनेतले आराधना चढाउदा जुन कस्ट सहन पर्छ। हो त्यो नै उहा प्रतिको साचो आराधना र आदर हुनेछ । त्यो नै उहाको निम्ति मन पर्दो हुनेछ । आमेन।

14 मार्च 2022
पास्टर नयन राई