Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

लूका 15:20-24 (NNRV)
20. तब त्‍यो उठेर आफ्‍ना बाबुकहाँ गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे।21. “छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’22. “तर बाबुचाहिँले आफ्‍ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,23. र पुस्‍टाइराखेको पशु मार, र हामी खाएर आनन्‍द मनाऔं।24. किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्‍द मनाउन लागे।

परमेश्वरको मन हामीमाथी कस्तो प्रकारको छ भनेर बुझ्न यशूले भन्नुभएको दृस्टान्तहरु काफी छ। भागेर टाढा गएको छोरा जब दुख पायो अनि फर्केर आफ्नो बाबुकहा आयो। उसले आफ्नो बाबुसग धेरै कुरामा माफ(sorry) माग्न चाहन्थ्यो। तर यता तिनको बाबू भने छोरोको छाया मात्र पनि देखिन्छ कि भनेर आँखा टोलाईरहन्थ्यो। छोरा छोडेर गएकोमा तिनको हृदय छिया छिया पर्यो। एक दिन फर्केर आउला भन्ने आशामा तिनले दि काट्न थाल्यो। छोरोले बाबुलाई बिर्सेको भए पनि बाबुले भने माया गरि नै रहेको थ्यो। जब भागेको छोरा आउदै गरेको बाबुले देख्यो, त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे। त्यस बिग्रेको छोराले के कती दुख दिएको थियो, त्यस बाबुले कुनै लेखाजोखा गरेन । तर दौडेर गैइ अङ्गालो हालेर चुम्यो। अशल बस्त्र र हातमा औँठी लगाएर पहिलेकै छोराको रुपमा खडा गर्यो। यस दृस्टान्तमा यशूले भन्नु भएको झै आज पनि परमेस्वर पिता तपाईको बाटो हेरिरहनुहुन्छ। छोरा फर्केर आउदा बाबुले रमाहट गर्यो। आज मानिस फर्केर प्रभुकहा आउदा पनि स्वर्गमा रमाहट हुन्छ। जेठा छोराले भागेको भाईलाई फर्काउन कुनै बल गरेन। तापनी कान्छो छोरो फर्केकोमा बाबू रमायो। यदि जेठो छोरोले आफ्नो भाईलाई फर्काएर ल्याएको भए बाबू झन कति रामाउनेथियो? प्रीय हो, के तपाईं आज आफ्नो भाइ( बिस्वास नगरेका मानिसहरु) लाई फर्काएर ल्याउन बल गर्दै हुनुहुन्छ? आज बिस्वास नगरेका वा भागेका करोडौं कान्छा छोरोहरुलाई फर्काएर ल्याउने काम गर्न प्रभुले तपाईको आशा गर्दै हुनुहुन्छ। आउनुहोस, सुसमाचार सुनाउन र परमेस्वरलाई चिन्न नसकेका मानिसहरुलाई उहाकहा फर्काई ल्याउन अगाडि बढौ। तपाईको यस कार्यबाट स्वर्गमा दोब्बर आनन्द हुनेछ। आमेन।

26 मार्च 2022
पास्टर नयन राई