Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

मर्कुस 16:15-16 (NNRV)
15. अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।16. विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

यशूले स्वर्ग उचालिनु अघि चेलाहरुलाई सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर भनेर आज्ञा गर्नुभयो। परमेस्वरको वचनले मानिसमा मात्र होइन, यसले सारा सृष्टि अर्थात देखिने र नदेखिने सबैथोकमाथि काम गर्दछ। सुसमाचारले आत्मामा नया गरेर जन्म दिन्छ। परिबर्तन ल्याउछ। स्वर्गीय उद्दार ल्याउछ। यसर्थ, नसुनेकाहरुलाई र बिस्वास नगरेकाहरुलाई सुनाउन ज्यादै आबश्येक छ । बिस्वास गर्नु सजिलो कुरा होइन। अन्धकारको शक्तिमाथी छुटकारा पाउन पनि सजिलो कुरा होइन। तर जब सुसमाचार सुनाईन्छ, सुसमाचारमा शक्ति छ। त्यस शक्तिले सुन्ने ब्यक्तिलाई छुटकारा दिन्छ र बिस्वास गर्ने हृदयलाई अगाडि ल्याउछ। सुसमाचार प्रचार गरिरहनुहोस। सुसमाचार बाड्न ठुलो भिड, बजार खोजेर जाने होइन, आफ्नै वरिपरि, अधुरो परिवार, मित्रहरु, सगै काम गर्ने मानिसहरुबाट नै शुरु गर्नुहोस। उनिहरुले बिस्वास गरून् र उद्दार पाउन भनेर प्रार्थना गरिरहनुहोस। बाकी काम प्रभुले गर्नुहुनेछ। प्रचार नगरिकन कसैले सुन्ने मौका पाउदैनन् । सुन्नेहरुले बिस्वास गर्नेछन। बिस्वास गर्नेहरुले उद्दार प्राप्त गर्नेछन। आमेन।

18 मार्च 2022
पास्टर नयन राई