(Daily devotion)
मत्ती 16:16-19 (NNRV)
16. सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”17. येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।18. म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।19. म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
चेला पत्रुसले यशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनी जुन बिस्वास बोले त्यही सत्यता र बिस्वास नै त्यो चट्टान हो जसमाथी परमेस्वरले मंडली स्थापना गर्नुहुन्छ। पत्रुसलाई यो रहस्य परमेस्वरद्दारा प्रकट गरियो। यशु खृस्ट नै मंडली जग अर्थात त्यो बलियो चट्टान अर्थात जिबित पत्थर (१ पत्रुस २:४)हुनुहुन्छ। सबै बिस्वासिहरु यशुले निर्माण गरिरहनु भएको आत्मिक घर(मंडली) को पत्थरहरु (वा ईटा) हौ। यसर्थ हाम्रो बिस्वासको जग बलियो भएको हुनाले मन्डली अर्थात तपाईं र म माथी नरकको शक्ति बिजय हुन सक्दैनन् । एक ब्यबस्थित , सहि र परिपक्व शिक्षा प्रदान गर्ने मन्डलिको हिस्सा भएर हामीले खृस्टको सेवामा रहन जरुरी छ। यशुले मन्डलिलाई अर्थात उहाका चेलाहरुलाई स्वर्गको साचो प्रदान गर्नुभएको छ। आज तपाईले पृथ्वीमा जे कुरा बाध्दछ, स्वर्गमा बाधिनेछ। जे कुरा खुलाउछ , स्वर्गमा खुलाईनेछ। स्वर्ग सगको त्यो सम्पर्क (लिङ्क) मन्डलिलाई दिइएको छ। दियाबलसलाई यशुको नाउमा बाध्नुहोस। दुख दिने सबै नकारात्मक शक्तिलाई आजैदेखि बाध्नुहोस। यशुको नाउमा। आमेन
18 फेब्रुअरी 2022
पास्टर नयन राई