(Daily devotion)
अय्यूब 16:19-21 (NNRV)
19. किनभने अहिले, मेरा गवाही ता स्वर्गमा हुनुहुन्छ, मेरो निम्ति जवाफ दिनलाई उच्चमा एउटा वकील तयारी हुनुहुन्छ।20. मेरा मध्यस्थ मेरा साथी हुनुहुन्छ, जसै मेरा आँखाले परमेश्वरको अघि आँसु बगाउँछ,21. मानिसको निम्ति परमेश्वरसित तिनी बिन्ती गर्छन्, जसरी मानिसले आफ्नो साथीको निम्ति बिन्ती गर्दछ
अय्युवको मित्रहरुले उनको स्थिती देखेर पनि उनको पक्षमा बोलेनन। उल्टै तिनिहरुले अय्युवको बिस्वासमाथी औला उठाए। अय्युवको आशा थियो, मित्रहरुले उनको निम्ति परमेस्वरसग बिन्ती गरिदिउन, सान्त्वनाको बचनहरु बोलिदिउन। अय्युवले अन्तत: परमेस्वरले उनको स्थितिमा एउटा वकिल, एउटा मध्यस्थकर्ता खडा गरेर उनको पक्षमा बोलिदिनुहुनेछ भन्ने आशाका साथ भने- "मेरो निम्ति जवाफ दिनलाई उच्चमा एउटा वकील तयारी हुनुहुन्छ। मेरा मध्यस्थ मेरा साथी हुनुहुन्छ, जसै मेरा आँखाले परमेश्वरको अघि आँसु बगाउँछ, मानिसको निम्ति परमेश्वरसित तिनी बिन्ती गर्छन्, जसरी मानिसले आफ्नो साथीको निम्ति बिन्ती गर्दछ।" प्रीय हो, तपाईको दर्दमा मानिसबाट सान्त्वनाको आशा नगर्नुहोस। तर यशुलाई भन्नुहोस र यशुमा आशा गर्नुहोस। यशुले तपाईलाई धेरै माया गरेर आफैलाई बलि गर्नुभयो। उहाँ बाहेक हाम्रो अशल मित्र , हाम्रो पक्षमा लडिदिने र बोलिदिने अरु
कोहि छैन। यशुले पृथ्बिमा हुनुहुदा तपाईको निम्ति आँसु बगाउनुभयो, रगत बगाउनु भयो। आज उहा स्वर्गमा परमेस्वर पिता सग तपाईको निम्ति बिन्ती गर्दै हुनुहुन्छ। बोलिदिदै हुनुहुन्छ। आमेन।
22 फेब्रुअरी 2022
पास्टर नयन राई