Listen

Description

(Daily devotion)

भजनसंग्रह 1:1-3 (NNRV)
1. धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।2. तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।3. त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

परमेस्वरको आशिष र उपस्थितिमा जिउने मानिस धन्यको हो भनेर भजनकारले लेखेका छन। त्यो त्यही मानिस हो , जो दुस्टहरुको, पापिहरुको, र गिल्ला गर्नेहरुको सल्लाहमा हिड्दैन, उभिदैन र बस्दैन। सङ्गतले सबैलाई प्रभावित गर्दछ। दुष्ट स्वभाव भएकाहरुको सङ्गतबाट जोगिदै परमेस्वरको वचनद्दारा प्रभाबित मानिसमा शान्ती र खुशि हुन्छ। जिबनमा सफल हुने एक सुत्रलाई यहा भजनमा प्रकट गरिएको छ । खोलाको किनारमा रोपेको बिरुवा बोटको रुपमा बिकसित भएर फल दिए झै जिबनमा परमेस्वरको वचन मनन गर्ने कुरालाई पनि समय लाग्छ। यो कार्यलाई निरन्तर गरिरहेमा हाम्रा सबै कामहरु परमेस्वरको इच्छा अनुसार हुनेछन् र सफल बन्नेछन। यसर्थ, सङ्गत र प्रभाब बारे सचेत हुनु, परमेस्वरको बचनमा निरन्तर लागिरहनुले नै तपाईलाई खोलाको किनारमा रोपेको फल दिने बोट झै तुल्याउनेछ। आमेन।

28 जनवरी 2022
पास्टर नयन राई