Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

1 इतिहास 29:12-14 (NNRV)
12. धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्‌, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।13. अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।14. “तर म को हुँ, अनि मेरा प्रजा को हुन्‌, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्‌, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।

राजा दाउद र इस्राएलिहरुले परमेस्वरको मन्दिर बनाउने तयारिको निम्ति परमेस्वरमा चढाएको ठूलो परिमाणको बहुमुल्य थोकहरु देख्दा दाउद धन्यवादि र आनन्दीत भए। यहि क्षेणमा दाउदले यो कुरा सम्झिए, जे जे कुरा परमेस्वरलाई चढाउन सके, ती सबै खासमा परमेस्वरबाट नै प्राप्त भएको थियो। यो तथ्य गहिरो भावुक बनाउने प्रकारको छ कि परमेस्वरले हामिलाई सबै थोक दान(gift) स्वरुप दिनु भएको छ। हाम्रो जीवन नै उहाले दान दिनु भएको छ। कैयौंपटक मानिसहरु जीवन या भोतिक धन सम्पती वा योग्यता र सिपहरु(talents) मा अहङ्कार गर्ने गर्छन। तर राजा दाउद जसले अत्यधिक शक्ति, धनसम्पती, महिमा ,बिजय र यैश्वर्यको अनुभव गरे। उनै राजा दाउद जिबनको अन्तिम समयमा भन्छन-सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।...सबै कुरा तपाईंबाटै आउँछन्‌, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं। आज तपाईं हाम्रो निम्ति पनि जे जे प्राप्त छ, त्यो उहीँ प्रभु यशुको बलिदान र निगाहबाट प्राप्त भएको हो। यसर्थ, यो कुरा मनन लायक छ, प्रभुको निम्ति हामी केही गरि रहेका छौ भने , त्यो चाहे भेटी दिने कुरा होस् या समय दिएर सेवा गर्ने कुरा या सीप,कौशल (talents) लाई प्रभुमा अर्पण गरेर उहाको काम गर्ने होस। यी सबथोक, उहाले नै हामिलाई दिनुभएको हो। सबै कुरा उहाबाटै आउँछन्‌, र उहाँकै दानबाट हामी उहालाई दिँदछौं। आमेन।

21 जनवरी 2022
पास्टर नयन राई