(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
लूका 1:34-35 (NNRV)
34. मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”35. स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।......37. किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
लुकाको अध्याय एकमा स्वर्गदूतले मरियमलाई दर्शन दिएर गर्भमा बालक आउने कुरा गरे। मरियममा त्यो कुरा अचम्मित छदै थियो, तर तिनले त्यो रहस्यलाई जान्न इच्छा गर्दै भनिन- "यो कसरि हुन सक्छ! म त कन्या हु।" कन्या मरियममा स्वर्ग दूतको कुराले उत्सुकता थपिदियो। मरियमको उत्सुकता र जान्न खोज्ने ईच्छामा स्वर्गदूतले स्वर्गीय घटना हुन लागेको बारेमा बताईदिए। पबित्र आत्मा आउनुहुनेछ। सर्बोच्चको शक्तिको छाँया तिनिमाथी पर्नेछ। तिनी गर्भवती हुनेछिन र यशूलाई जन्म दिनेछिन। के तपाईं सोच्नुहुन्छ कि तपाईको जिबनमा पनि पबित्र आत्माको कामको बारेमा मरियमले झै उत्सुक र ईच्छा गर्नुहुन्छ? तपाईको इच्छाद्वारा नै परमेश्वरले धेरै आश्चर्यका काम गर्नुहुन्छ। यसर्थ, पबित्र आत्मा प्रती उत्सुक हुनुहोस। उहाको काम प्रती ईच्छा गर्नुहोस। जस्तै परिस्थितिमा पनि अलौकिक काम गर्न सक्नु हुने परमेस्वर हुनु भए तापनी तपाईं ईच्छा गर्नुहुन्छ, उहाको खोजी गर्नुहुन्छ भने उहाले अझै धेरै आश्चर्यजनक काम तपाईको जिबनमा गर्नुहुन्छ। ईच्छा गर्नु र परमेश्वरको काममा उत्सुक हुनु बिश्वासका अर्का पाईलाहरु हुन। पबित्र आत्माको शक्तिले तपाईको जिबनमा बांझो फुटाउनेछ। निराशा र सुख्खा अबस्थाहरुमा नया आशा र आनन्द ल्याउनेछ। आमेन।
18 मार्च 2022
पास्टर नयन राई