Listen

Description

(Daily devotion)

मर्कुस 1:7-8 (NNRV)
7. तिनले यसो भन्‍दै प्रचार गरे, “जो मपछि आउनुहुन्‍छ उहाँ मभन्‍दा शक्तिशाली हुनुहुन्‍छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ।8. मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।”

बप्तिस्मा दिने युहन्नाले प्रचार गर्दै पानीको बप्तिस्मा दिन थाले। उनले एक जना आउनुहुनेको बिसयमा पनि प्रचार गरे। जो यति योग्य र महान हुनुहुन्छ, जसको जुताको फिता फुकाउन पनि उनी आफुलाई योग्य मानेनन। उहाँ यशु हुनुहुन्छ। पानीको बप्तिस्मा युहन्नाले झै मानिसद्वारा देखिने गरि दिईन्छ। तर त्यहा अर्को नदेखिकन हुने घटना पनि हुन्छ। जुन यशुले मात्र गर्नुहुन्छ। त्यो चाहिँ पबित्र आत्माको बप्तिस्मा हो। यशुलाई बिस्वास गरे पछि यशुको आत्मा - पबित्र आत्मा तपाईमा आएर बस्नुहुन्छ। तपाई नया गरेर जन्मन्छ। पबित्र आत्माको बप्तिस्मा चाहिँ आत्माको भरी पुरी हो। आत्माको शक्ति र बरदानहरु प्रकट हुनु हो। जुन कुरा कति जनामा बिस्वास गर्नासाथ हुन्छ भने कति जनामा पछि वा लामो समय पछि मात्र हुने गर्छ। यसर्थ, तपाईं प्रत्येकमा पबित्र आत्माको आगोको बप्तिस्मा भएको यशु चाहनुहुन्छ। जसमा भैसकेको छ। प्रभुलाई धन्यवाद दिऔ। पबित्र आत्माको बरदान र शक्तिमा चलौ। जसमा पबित्र आत्माको बप्तिस्मा अहिले सम्म भएको छैन, आजैदेखी यशुलाई माग्नुहोस। यशुले तपाईलाई पबित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। आमेन।

1 मार्च 2022
पास्टर नयन राई