(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
1 इतिहास 13:7-10 (NNRV)
7. तिनीहरूले अबीनादाबको घरबाट परमेश्वरको सन्दूक लिएर एउटा नयाँ गाड़ामा राखे, र उज्जाह र अहियोले चाहिँ त्यो गाड़ा हाँक्दै लगे।8. दाऊद र सबै इस्राएलीहरू परमेश्वरको सामु गीत, वीणा, सारङ्गी, खैँजड़ी, झ्याली र तुरहीसित खूब जोशले रमाए।9. तिनीहरू कीदोनको खलामा आइपुग्दा ती गोरुहरूले ठक्कर खाए, र उज्जाहले सन्दूक समात्न आफ्नो हात बढ़ाए।10. तर परमप्रभु उज्जाहसँग क्रोधित भएर तिनलाई प्रहार गर्नुभयो। किनभने तिनले आफ्नो हात बढ़ाएर सन्दूक छोएका थिए। यसैले तिनी परमेश्वरको सामुन्ने त्यहीँ नै मरे।
राजा दाउदले ईस्राएललाई एकीकृत गरि सके पछि यरुसलेममा सन्दुक फर्काएर ल्याउने ईच्छा गरे। सबै इस्राएलिहरुलाई साथमा लिएर किर्यत यारिमबाट सन्दुक ल्याउदै गर्दा दाउद र ईस्राएलिहरु जोशले रमाए र नाच गान गरे। सन्दुक अब किदोन भन्ने ठाउमा आईपुग्दा गोरुहरुले ठेस खादा सन्दुक बोकेको गाडा हल्लियो र सन्दुक अब भुईमा बजारिन लाग्यो। उज्जाह नाम गरेको पुजारिले आफ्नो हातले सन्दुक थामे तर त्यो कुरा परमेस्वरलाई मान्य भएन र तुरुन्त परमेस्वरको प्रहारबाट तिनि मरे। उज्जाहले हात बढाएर सन्दुक थाम्नु नराम्रो कुरा थियो? वास्तबमा सन्दुक जुन तरिकाले ल्याईनु पर्थ्यो। त्यो तरिका अपनाईएको थिएन। सन्दुक बोक्ने बिशेस तरिकाहरु थिए। पबित्र सन्दुकलाई हातले नछुईकन यसका कुनाका मुन्द्राहरुमा डन्डी हालेर लेबिहरुले बोक्नु पर्थ्यो। तर त्यसो गर्नको सट्टा हठात गाडामा हालेर गोरुहरुद्वारा ल्याईदै थियो। जुन कुरा परमेस्वरलाई स्वीकार हुँदै भएन। दाउद र इस्राएलिहरु ब्यबस्थाका बिधिहरु मतलब नगरी केवल जोश प्रकट गर्दै सन्दुक त ल्याईदै थियो तर तिनको तरिकाले परमेस्वर भने खुशी हुनु हुन्थेन। फलस्वरुप उज्जाहले ल्यान गुमाए। यस खन्डबाट हामी थाहा गर्दछौ, परमेस्वरको सेवा र आराधना गर्दा उहाको वचन अनुसार, बचनको तरिका अनुसार गरिनु पर्दछ। वचन र पबित्र आत्मालाई आदर नगरी जोशीलो भएर रमाहट मात्र गर्नाले परमेस्वरको महिमा हुन्न। आमेन।
18 जनवरी 2022
- पास्टर नयन राई