Listen

Description

(Daily devotion)
आजको बचन मनन गर्नुहोस।

१ इतिहास 4:9-10 (NNRV)
9. याबेस आफ्‍ना दाजुभाइहरूभन्‍दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्‌, किनभने तिनले भनिन्‌, “मैले त्‍यसलाई वेदनामा जन्‍माएँ।”10. याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे, “बिन्‍ती छ, मलाई आशिष्‌ दिएर ठूलो इलाका दिनुहोस्‌! तपाईंको हात ममाथि रहोस्‌, र मलाई जोखिमबाट जोगाएर राख्‍नुहोस्‌, ताकि मलाई कुनै चोटले पनि नदुखोस्‌।” अनि परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो।

१ ईतिहासको ४ अध्यायमा बङ्सावलिहरुको क्रम चल्दै गर्दा पद ९ मा गएर अचानक एक जना ब्यक्तिको बारेमा उल्लेख गरिएको पाईन्छ। ती याबेस अर्थात नामैले दुख(दुख ल्याउने)भन्ने ब्यक्तिको जिबनमा भने परमेस्वरले अथाह आशिर्वाद दिनु भयो जसको कारण बाइबल भन्दछ- उनि आफ्ना दाजुभाईहरु भन्दा बढी आदर मानका थिए। परमेस्वरको आशिष पाउनको कारण याबेसको निरन्तर र दृढ़ प्रार्थना नै थियो। आफ्नै आमाले जन्माउदा दुख मानेर त्यस्तो नाम राखेको, सबै सबैले सानै देखि तिनमा परमेस्वरको सराप परेको भन्दै आएतापनी याबेसले ति सब माथी बदला ल्याउने परमेस्वरलाई पुकारा गरे। तिनले ठूलो इलाका मागे, परमेस्वरको निरन्तर अनुग्रहको हात परोस भनेर बिन्ती गरे, तिनको सबै चोटहरुलाई निको पारेर सधै सुरक्षा गर्नुहोस भनी प्रार्थना गरे। परमेस्वरले तिनको सबै प्राथनाको उत्तर दिनुभयो र तिनलाई सबै भन्दा बढी मान प्राप्त गर्ने ब्यक्ति बनाउनुभयो। यदि तपाईको अबस्था पनि याबेसको झै भएको छ भने याबेस झै प्राथना गर्नुहोस। परमेस्वरले तपाईको जिबनमा पनि बदला ल्याउनुहुनेछ। हाम्रो परमेस्वर तपाईको सबै क्षेत्रमा आशिर्वाद दिने परमेस्वर हुनुहुन्छ । आमेन।

15 जनवरी 2021
पास्टर नयन राई