(Daily devotion)
आजको बचन मनन गर्नुहोस।
याकूब 1:2-4 (NNRV)
2. मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।3. किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।4. धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।
माथिका बाइबल खन्डले के हामी कस्ट वा आपदबिपदको चाहना गरौ ? भन्न खोजेको हो? कदापी होईन। हामिले आफै गल्ती गर्छौ वा जानी जानी परिक्षा मा पर्छो भने त्यस्ता आपद बिपद निश्चय नै दु:खद र निरश हुन्छ। तर खृस्टको खातिर सहि तरिकाले जिउदा जिउदै पनि कति आपद बिपदमा पर्दछौ भने, हामिले बुझ्नुपर्छ, यसको पछाडी पक्का परमेस्वरको उद्देश्य छ। कहिले काहीँ बिस्वासिहरु परमेस्वरबाट टाढा हुँदै गर्दा वा तर्किएको अबस्थामा पनि उहाले कती प्रकारको आपद बिपदलाई आउन दिनुहुन्छ । यसको उद्देश्य हाम्रो बिस्वासको जाँच गर्नु र बलियो पार्नु हो वा अनुशासनमा राख्नु हो । सुन आगोको भट्टिमा हालेर शुद्द भए झै तपाईं जती दुख कस्टका जाचहरु भएर जानुहुन्छ, त्यति बिस्वासमा दर्हो, परिपक्व र स्थिर बन्नुहुन्छ। आत्माका फलहरु जस्तै: बिस्वास, धैर्य चाहिँ जाच बाट नै परिपक्वतामा वृद्धि हुन्छ। यसर्थ, जाचका समयहरुमा गनगन गर्नको सटटा स्थिर हुने गरौ, धैर्यको निम्ति बल प्राप्त गर्न बरु खृस्टमा अझ पुकार गरौ ।अन्तमा तपाईमा प्रभुले आत्मिक परिपक्वता ल्याउदै उहाको आफ्नै चरित्र बिकास गर्नुहुनेछ। आमेन।
01 डिसेम्बर 2021
पास्टर नयन राई