(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
1 यूहन्ना 1:5-7 (NNRV)
5. जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।6. यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं।7. तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
अन्धकारको भाग निराश र डरलाग्दो हो भने उज्यालोको भाग आशा र आनन्दको। परमेस्वर ज्योती हुनुहुन्छ। यशुले भन्नुभयो- म सन्सारको ज्योती हु (युहन्ना 8:12)। मानिसहरुको आत्मिक अन्धकारमा ज्योती छर्न येशु सन्सारमा आउनुभयो। अचम्मको कुरा छ! येशु सन्सारमा मानिसहरुकै बिचमा सङ्गती गर्न, जिउन अनुभव गर्न र बलिदान हुन आउनुभयो। आज यशुलाई बिस्वास गर्नेहरुमा परमेस्वरको ज्योती प्रकट भएको छ। अन्धकारको शक्ति हारेको छ। येशुले भन्नुभयो- बाटो, सत्य र जीवन म नै हु। आज हामिले सत्यलाई चिन्न सकेका छौ । सत्यमा ज्योती हुन्छ, स्थायी उज्यालो हुन्छ। उज्यालोमा मात्र जिबनको बाटो पहिल्याउन सकिन्छ। मेरो प्रार्थना छ, तपाईले जिबनको बाटो , ज्योती र सत्यलाई चिन्न सकेकोले अन्य हजारौं मानिसहरुलाई पनि त्यो ज्योती , बाटो र सत्यमा चिनाउन प्रयास गर्नेछ। सङ्गतिमा डोर्याउनेछ। अन्धकारको शक्तिको विरुद्ध ज्योतिमा खडा भएर येशुको नाउको प्रचार र महिमा गर्नेछ। आमेन।
20 डिसेम्बर 2021
-पास्टर नयन राई