Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

1 यूहन्ना 5:19-20 (NNRV)
19. हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ20. हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ।

यशु खृस्ट प्रतिको हाम्रो बिस्वास स्पष्ट छ। यो अन्धो प्रकारको बिस्वास होइन। हामिले यशु परमेस्वरका पुत्र सत्य हुनुहुन्छ भनेर राम्रोसग चिनेर र जानेर बिस्वास गरेका छौ । हाम्रो बिस्वास सत्यमाथिको बिस्वास हो। यशु सत्यमाथीको बिस्वासले गर्दा नै आज हामिले सन्सारमा राज्य गर्ने दुष्ट बाट छुटकारा पाएका छौ । हाम्रो स्थायी घर स्वर्ग भएको छ। अनन्त जीवन पाएका छौ । यसर्थ, यशु खृस्ट नै साचो परमेस्वर र अनन्त जीवन हुनुहुन्छ ।
ईम्मानुएल! परमेस्वर हामिहरु सग हुनुहुन्छ। आज तपाईले पाएको अनन्त जीवन र चिनेको सत्यलाई अरुहरुसग बाड्नु पर्छ। हाम्रो मित्रहरु, नरनाता सग यशुलाई बाड्नुहोस। अन्धकारको शक्तिले सन्सारलाई अन्धो तुल्याए तापनी यशुको बचनमा त्यस अन्धोपनलाई तोड्ने शक्ति छ। तपाईंद्दारा नै परमेस्वरले यशुले दिनु भएको अनन्त जिबनलाई धेरै कहाँ पुर्याउदै हुनुहुन्छ। आमेन।

22 डिसेम्बर 2021
-पास्टर नयन राई