(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
१ राजा 11:1-3 (NNRV)
1. तापनि सोलोमन राजाले फारोकी छोरीबाहेक धेरै विदेशी स्त्रीहरू, मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्ती स्त्रीहरूसित प्रेम गरे।2. तिनीहरू ती जाति-जातिहरूका थिए, जसका विषयमा परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीहरूले तिनीहरूसित पारस्परिक विवाह गर्नुहुँदैन, किनभने तिनीहरूले निश्चय नै तिमीहरूका हृदय तिनीहरूकै देवताहरूतिर बहकाउनेछन्।” तर पनि सोलोमन तिनीहरूप्रति प्रेममा ज्यादै मोहित भए।3. तिनका सात सय राजकुमारी पत्नी र तीन सय उपपत्नीहरू थिए, र तिनीहरूले तिनको हृदयलाई बहकाइदिए।
सोलोमन राजालाई परमेस्वरले स्वर्गको बुद्धि र असिम धन सम्पतिले शक्तिसाली पार्नु भएको थियो। तर परमेस्वरले उनलाई धेरै स्वास्निहरु बिबाह गर्न निशेध गर्नु भएको थियो। तिनले अन्यजातीहरु मोआबी, अम्मोनी, एदोमी, हित्तिस्तृहरुलाई बिबाह गरे। ती स्त्रीहरुसगै तिनिहरुले बिस्वास गर्ने मुर्तिहरु र सङ्स्कारहरु पनि लिएर आए। जसले गर्दा उमेर वृद्ध हुँदै जादा सोलोमनले ती बिदेशी श्रीमतीहरुका देबताहरुलाई पनि पुज्न थाले। अन्तत: परमेस्वर तिनिसग रिसाउनु भयो। यसरी सन्सारको एकजना महान राजा र ज्ञानमा सर्बश्रेस्ठ राजाको सिहासन तिनका छोराहरुको पालामा नास हुँदै जाने भयो।
जतिसुकै शक्ति, ज्ञान् र बरदान दिइएतापनी परमेस्वरको वचन र उहाको डरमा नजिउने हो भने ती कुनै पनि कुरा स्थायी हुने छैनन् । परमेस्वरको बचनलाई सावधानिका साथ पालना गरि राख्नु, पक्री राख्नुले नै हामी र हाम्रो घरानालाई बचाई राख्नेछ। बिदेसी स्तृहरुलाई बिबाह नगरी परमेस्वरको वचन पालन गरि राखेको भए, सोलोमन राजाको छोराहरुको पालामा पनि सिहाशन र राज्री दुदृड भैइनै रहनेथियो। तर तिनको अनाग्याकारिताले तिनको राज्यको बिनास र बिभाजनलाई निम्तो दियो। यदि हाम्रो जिबनमा पनि ज्ञान् , बुद्धि , धन वा मान प्राप्त छ भने त्यो परमेस्वर बाट नै हो। परमेस्वरको निरन्तर भय र उहाको बचनमा लागिरहनुले नै त्यसलाई स्थिर गराउनेछ। आमेन।
15 डिसेम्बर 2021
- पास्टर नयन राई