Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

१ राजा 17:1-7 (NNRV)
1. अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्‍दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।2. तब परमप्रभुको यो वचन एलियाकहाँ आयो:3. “यो ठाउँ छोड़ेर पूर्वतिर लाग्‌, र यर्दनको पूर्वतिर भएको करीतको खोल्‍सामा गएर लुकिबस्‌।4. तैंले खोलाको पानी पिउनू, र तँलाई त्‍यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”....6. त्‍यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्‍याइदिए, र तिनले खोलाको पानी पिए।7. केही समयपछि देशमा पानी नपरेकोले त्‍यो खोलाको पानी सुक्‍यो।

ईस्राएल राज्यको राजा आहाबको दुष्टताले पराकाष्ठा नाघेको बेला परमेस्वरले आफ्नो दास एलिया मार्फत चेतावनी दिनु भयो। सारा इस्राएलले बाल देबतालाई पानी र प्रशस्तता दिने देवता भनेर पुजा गर्दथे। मानिसहरुको हृदय सबै बहकिएर तिनै बाल देवतालाई पुज्न थालेका थिए। सारा इस्राएलको हृदयमा खडेरी परेको थियो। यहि कुरा देखाउदै राजा आहाब र तिनको रानी इजेबेलको दुस्टतालाई दण्ड दिन परमेस्वरले सारा इसराएलमा खडीरि ल्याउने घोषना गर्नु भयो। पानी र शीत पर्न समेत रोकिएर जो खडेरी देशमा आउन लागेको थियो। त्यो चाहिँ इस्राएलका मानिसहरुको हृदयको चित्र थियो। यसर्थ, बाल देवताको भक्तिमा तल्लिन आहाब र तिनका प्रजालाई त्यो कुराबाट छुटाउन अरु कुनै कुराबाट असम्भव थियो। त्यहा परमेस्वरले एक अलोकिक र निर्मम हस्तक्षेप गर्न आबश्येक थियो। जो चाहिँ 1 राजा 18: 38-40 मा परमेस्वरले आफ्नो शक्ति प्रदर्सन गर्नुहुदै बाल देवता र तिनको सेवकहरु माथी नाश र दन्ड ल्याउनु भएर पूरा गर्नुभयो। के तपाईं पनि त्यस्तै आत्मिक खडेरिमा हुनुहुन्छ ? आत्माको खडेरिलाई प्रकट गरिदिन परमेस्वरले कति पटक हामिमा बाहिरी जिबनमा नै हस्तक्षेप गर्नुहुन्छ। परमेस्वरको प्रेम कति महान! उहाले आफ्ना छोराछोरीहरुलाई अनेक उपाय निकालेर आत्मिक रुपमा सुदृढ गरिरहनुहुन्छ। प्रार्थना छ! हामीले हृदयको खडेरिलाई बेलैमा चिन्न सकौ । हाम्रो जिबनमा धेरै कुराले हाम्रो ध्यान र हृदयलाई प्रभुबाट बहकाईरहन्छ। हामिले ती कुरालाई बेलैमा देख्न सकौ । अनि पश्चातापी भएर परमेस्वरको अनुग्रहमा फर्केर आउन सकौ ।

16 डिसेम्बर 2021
-पास्टर नयन राई