Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

१ राजा 3:5,9-13 (NNRV)
5. गिबोनमा परमप्रभु परमेश्‍वर राती सपनामा देखा परेर तिनलाई भन्‍नुभयो, “तिमी मसित जे माग्‍छौ, त्‍यो दिनेछु।”9. .... तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्‍ने मन आफ्‍नो दासलाई दिनुहोस्‌, र त्‍यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्‌। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्‍छ र?”10. सोलोमनले यो कुरा मागेकामा परमप्रभु प्रसन्‍न हुनुभयो।11. यसकारण परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्‍नो निम्‍ति लामो आयु अथवा धन-सम्‍पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्‍यायको निधो गर्नलाई बुद्धि मागेको कारणले,12. तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान्‌ र निधो गर्न सक्‍ने मन दिनेछु, कि तेरो अघि तँजस्‍तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्‍यै अरू कोही हुनेछ13. यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात्‌ धन-सम्‍पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्‍म कि तेरो जीवनकालमा राजाहरूमध्‍ये कुनै पनि तेरो बराबरी हुनेछैन।

राजा सोलोमनले गिबोन डाडामा ठुलो बलिदान चढाए पछि सपनामा परमप्रभुले दर्शन दिदै जे मागे तापनी दिने कुरा प्रकट गर्नु भयो। डाडाहरुमा बलिदान दिनु ब्यबस्था बमोजिम नभए पनि यसले सोलोमनको हृदयको समर्पणलाई देखायो। राजाको हृदय चिन्नुहुने परमेस्वरले उनको मुखबाट नै सुन्ने ईच्छा गर्नुभयो। सोलोमन राजाले धन सम्पती वा लामो उमेर बाच्न पाउ भनी मागेनन। तर उनले आफ्नो ब्यक्तिगत कल्याण भन्दा जनताको कल्याण र उनिहरुको जिबनलाई महत्त्व दिदै साचो र सहि तरिकाले डोर्‍याउन सक्ने बुद्धिको माग गरे। सोलोमन कलिलै भए पनि उसको हृदय परमेस्वर तर्फ थियो। बुद्धि प्राप्त गर्ने उनको मागले परमेस्वरलाई प्रशन्न तुल्यायो। परमेस्वरले अब उनलाई बुद्धि दिनु नै हुनेथ्यो। साथमा उनले नमागेका धनसम्पती, मान इज्जत पनि दिनेछु भनी प्रतिज्ञा गर्नु भयो।
हामिले पनि प्रार्थना गर्दा वा परमेस्वरको सामु जादा हामिलाई कुन कुरा चाहिँ बढी महत्त्वपूर्ण छ भनी बुझेर र हृदयको आवाजलाई सुनेर माग गर्नु पर्छ। परमेस्वरको साचो बचनले भने झै यदि तपाईं पनि पहिले स्वर्गीय बुद्धि , स्वर्गीय कुराहरु, धार्मिकता र परमेस्वरको राज्यको र उहाका मानिसहरुको पक्षमा काम गर्नको निम्ति ज्ञान, बुद्धि , ईश्वरीय बरदान माग्नु हुन्छ भने आबश्यक पर्ने सबै थोकहरु संवत् तपाईलाई दिइनेछन। आमेन।

6 डिसेम्बर 2021
-पास्टर नयन राई