(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
१ पत्रुस 2:9-10 (NNRV)
9. तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।10. एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
पुरानो करारमा लेखिएको छ , ईस्राएली जातिहरु पबित्र र चुनिएका जातिहरु हुन। पत्रुसले यहाँ लेख्दछन कि येशु खृस्टमा बिस्वास गर्नेहरु नया र आत्मिक इस्राएलिहरु हुन। खृस्टमा बिस्वासद्दारा नै आज तपाईं पनि चुनिएको बङ्श, राजकीय पुजारीगिरि, पबित्र जाती र परमेस्वरका निजि प्रजा बनेको छ। परमेस्वरको सेवा गर्न, उहाको आश्चर्यजनक कार्यहरु घोषणा गर्न नै उहाले हामिलाई आफ्नो निजि प्रजाको रुपमा चुन्नुभएको छ। येशु खृस्टको बलिदानले उहामा बिस्वा गर्नेहरुलाई परमेस्वरको सन्तान हुने मोका दियो। परमेस्वरको कृपाले आज तपाईं परमेस्वरको प्रजा मात्र होइन उहाको सन्तान पनि बन्नु भएको छ। बिचार गरौ, हाम्रो प्रभु येशुको प्रेम कति महान छ! उहाको बलिदान कति महान छ! परमेस्वरको कृपा कति ठुलो छ! हल्लेलुयाह!!! महिमा होस येशुलाई, परमेस्वरलाई धन्यवाद होस। उहाको कृपाको निम्ति। उहाको प्रेमको निम्ति । जसले हामी अन्य जाती अबिस्वासि भएकै बेला प्रेम र कृपा गरि उहाको सेवक र सन्तान हुन चुन्नु भयो। आमेन।
12 डिसेम्बर 2021
- पास्टर नयन राई