(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
१ पत्रुस 5:8-9 (NNRV)
8. सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।9. विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ।
परमेश्वरमा बिस्वास गर्नेहरु पनि जागा र सचेत रहनु पर्छ भनेर बचनमा भनिएको छ। यो सन्सारमा दुष्ट दियाबलशले बिस्वासिहरुलाई देखि सहदैन। तिनले हर समयमा बिस्वासिहरुलाई निल्न पर्खी राखेको छ। तिनले तपाईको बिस्वासलाई कमजोर पार्न र नस्ट पार्न , डर त्रास उत्पन्न गर्न अनेक बहाना बाजि गरि राखेको छ। तथापी त्यो पनि परमेस्वरको अधिनमा छ। परमेस्वरले बिस्वासिलाई त्यो दुस्टको हातमा सिधै र त्यतिकै निल्नको निम्ति दिनुहुनेछैन। उहाले तपाईको सुरक्षा र सहायता गरि रहनुभएको छ। तर तपाईले पनि आफ्नो भागको काम गर्नु पर्छ। तपाईले सचेत रहनु पर्छ, जागा रहनु पर्छ, परमेस्वर सग प्रार्थना गर्नु पर्छ। उहाको हात हतियार धारण गर्नु पर्छ। बिस्वासमा दर्हिलो भएर दुस्टको बिरोध गर्नु पर्छ। ल त्यससग लडाई लड्नु पर्छ। यसरी दियाबलस भाग्नेछ। थुमाको रगतले बिजय दिइसकेको छ। जुन सुकै किसिमको कस्टहरु माथी पनि हाम्रो परमेस्वर बिजयी दिन सक्नु हुन्छ। आमेन।
14 डिसेम्बर 2021
-पास्टर नयन राई