Listen

Description

१ शमूएल 16:10-13 (NNRV)
10. यिशैले आफ्‍ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्‍नुभएको छैन।”11. तब शमूएलले सोधे, “के सबै यति नै हुन्‌?” यिशैले जवाफ दिए, “अझै कान्‍छो पनि छ, तर त्‍यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्‍यसलाई बोलाऊ। यो नआउञ्‍जेल हामी बस्‍नेछैनौं।”12. यसकारण यिशैले तिनलाई ल्‍याउनलाई मानिस पठाए। तिनी राताराता गाला चम्‍किला आँखा भएका सुन्‍दर युवक थिए। परमप्रभुले भन्‍नुभयो, “उठेर त्‍यसलाई अभिषेक गर्‌। व्‍यक्ति यही हो।”13. शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्‍मा दाऊदमाथि आउनुभयो, र त्‍यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्‍यसपछि शमूएल रामाको बाटो लागे।

साउललाई राजा चुनेको इस्राएलिहरुको चुनाईलाई गलत पुष्टि गर्नु भए पछि परमेस्वरले यिशैका छोरा दाउदलाई राजा चुन्नुभयो। यिशैका सात भाइ हेर्नमा लायक छोराहरुलाई नचुनी दाजुहरु र तिनका बाबुले पनि नपत्याएको दाउदलाई चुनी परमेस्वरले मानिसको चुनाई भन्दा उहाको चुनाई फरक छ भन्ने देखाउनु भयो। देख्नमा साउल भब्य र लाएकी थिए। उनलाई राजा बनाउन पाएको देखेर इस्राएलिहरु खुशी भएका थिए। तर साउल परमेस्वरद्वारा चुनिएका थिएनन। हेर्नमा यिशैका ठुला र जवान छोराहरु लायक र हट्टाकट्टा देखिए। तर तिनीहरुले नपत्याएको दाउदलाई परमेस्वरले चुन्नुभयो। परमेस्वर रुप होइन हृदय हेर्नुहुन्छ। गहिरो र गुप्त कुरा देख्नुहुन्छ। पृय हो! के आज तपाईं पनि मानिसहरुद्वारा नपत्याईएको र तिरस्कार गरिएको ब्यक्ति हुनुहुन्छ? के तपाईं सोच्दै हुनुहुन्छ, म हेर्नमा , वा कलामा फलानो जस्तो छैन। कसरी परमेस्वरको सेवा गर्न सक्छु र? त्यसो होइन, परमेस्वरले तपाईलाई पनि चुन्नुभएको छ। उहाले कला र रुप होइन, हृदय र आज्ञाकारिता हेर्नुहुन्छ। तपाई परमेस्वर प्रती ठिक हृदय र मन बोकेर हिड्नु भएको छ भने, परमेस्वरद्वारा भएको तपाईको चुनाई र उहाको अभिशेकलाई कसैले रोक्न सक्ने छैन। आमेन।

16 नोभेम्बर 2021
-(पा. नयन राई)