Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

१ शमूएल 17:25-27 (NNRV)
25. तिनीहरूले भने, “हेर त, यो मानिस दिनैपिच्‍छे आएर इस्राएललाई धम्‍की देखाउँछ। त्‍यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्‍नी छोरी पनि त्‍यससँग विवाह गरिदिनुहुनेछ अनि त्‍यसको घरानालाई इस्राएलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ।”26. दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्‍तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्‍वरको सेनालाई तुच्‍छ भन्‍ने त्‍यो खतना नभएको पलिश्‍तीचाहिँ को हो र?”27. त्‍यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोर्‍याएर बताए।

दैत्य गोलायतको दिनहुको धम्किले इसराएल र साउल राजाको सेना डराए। ती सग लड्न कोहि खडा हुने आट नै गरेनन। यश बिचमा राज साउलले त्यो पलिश्ती दैत्यलाई मार्नेलाई ईनाम दिइने र आफ्नै छोरी दिएर दरबार लाने घोषणा गरेका थिए। ठिट्टा अबस्थाका दाउद दाजुहरुलाई समान पुर्याउन आउदा गोलायत र यी सबै कुरा सुने। सुन्नासाथ दाउदले एक दर्शन बोके । उनले आफू इस्राएली र परमेस्वरको सेना भएको र त्यो दैत्यलाई लडाईमा मारेको दर्शन र सपना बोके। सर्बोच्च परमेस्वर आफ्नो सेनापती भएको र आफू त्यस अशुद्द दैत्यलाई परमेस्वरको सहायताले सजिलै जिति राजाको सामु हाजिर भएको दर्शन र मन बोकेर लडे। अन्तत; दाउदको त्यो दर्शन पूरा भयो। इस्राएलको सेनापतिको रुपमा परमेस्वरले दाउदलाई सफल्ता गोलायत माथी जित मात्र होइन, राजाको सामु हाजिर भएको दर्शन पनि पूरा गरिदिनु भयो। यदि तपाईं जिबनमा सफल हुन चाहनुहुन्छ भने सफल भएको दर्शन बोक्नुहोस। बिरामी, अभाब बाट छुटकारा चाहनुहुन्छ भने त्यस्तै दर्शन बोक्नुहोस र मुखले तपाईलाई अल्झाउने, बिरामी बनाउने वा असफल पार्ने दैत्य विरुद्ध धावा बोल्दै घोषणा गर्नुहोस। हाम्रो सेनापती यशुले बिजय दिइसक्नु भएको छ। आमेन।

25 नोभेम्बर 2021
-(पास्टर नयन राई)