Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

1 शमूएल 18:12-14 (NNRV)
12. शाऊल दाऊदसँग डराउन लागे, किनभने परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊललाई उहाँले छोड़िसक्‍नुभएको थियो।13. यसैकारण उनले दाऊदलाई आफ्‍नो दरबारबाट अलग गरेर एक हजार मानिसहरूका सेनानी नियुक्त गरिदिए। दाऊदले आफ्‍ना मानिसहरूलाई धावामा लगे,14. र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्‍मा लिएका सबै काममा तिनी सफल भए।

जब परमेस्वरको आत्माले साउललाई छोड्यो। उनमा डर, ईर्ष्या, डाहको कुराले भरियो। दाउदमा परमेस्वरको आत्मा आउन भयो। उनी प्रत्येक काममा सफल मात्र होइन। आत्मामा प्रेम र दयाले भरिएको ब्यक्ति बने। साहस, बुद्धि , अगुवाई , र सुरक्षा परमेस्वरबाट आउँछ। दाउदलाई धेरै पटक मार्न खोजियो तर परमेस्वरले बचाउनु भयो। तपाईं आफ्नो सुरक्षाको जिम्मा येशुलाई दिनुहोस। आफ्नो काममा येशुलाई सम्लग्न गर्नुहोस। पबित्र आत्मालाई स्थान दिनुहोस। उहाले दाउदलाई झै सुरक्षा र सफलता दिनुहुनेछ। आमेन।

20 नोभेम्बर 2011
-(पा. नयन राई)