(Daily devotion)
मत्ती 21:12-13 (NNRV)
12. येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो।13. उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
यशु पृथ्बिको सेवाकाईको अन्तिम दिनहरुमा यरुसलेमको मन्दिर प्रबेस गर्नुभयो। मन्दिर मानिसहरुले व्यापार गरेर नाफा कमाउने ठाउँ बनाएका थिए। मन्दिर परिसरमा परमेस्वरको आदर र उपस्थित थाहा गर्नु पर्नेमा मानिसहरु कमाओ धन्दामा लागेका थिए। सबैले मन्दिरलाई एक अखडा बनाए जहाँ सबैले आ आफ्ना फाइदा पूरा हुन्थ्यो। तर परमेस्वर भने दुखित हुनुहुन्थ्यो। साक्षत परमेस्वरको रुप जो शरिरमा मानिसलाई बचाउन आउनुभयो, उहाँ यशुले ती सबै देखेर जोशिलो बन्नुभयो। सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। उहाले भन्नुभयो, मन्दिर सबैको निम्ति प्रार्थनाको घर हो। तर मानिसहरुले ब्यापारको अड्डा बनाए। मन्दिर मानिसहरुले आराधना गर्न सकुन भनेर बनाईएको थियो। प्रार्थनाको अर्थ त्यहा परमेस्वरसगको सम्बन्ध बनाउने र आफ्ना बिन्तिहरु चढाउने ठाउँ थियो। जो सुन्नको निम्ति परमेस्वर पर्खेर बस्नुहुन्थ्यो। तर इजराएलको मानिसहरु सबै परमेस्वरसगको सम्बन्धलाई बिर्सेर धन्दामा ब्यस्त थिए। यसैकारण यशुले हकार्नु पर्यो। टेबिलहरु भत्काईदिनु पर्यो। पृय हो, आज पनि यशुले मन्दिरमा बस्नु हुन्छ। आज त्यो मन्दिर चाहिँ तपाईको शरीर हो । जहाँ पबित्र आत्माको रुपमा परमेस्वर बास बस्नुहुन्छ। मन्दिरमा हामिले आराधना, प्रार्थना, र भक्तिका कामहरुमा जोड दियौ भने यशु खुशी हुनुहुनेछ। तर यसो नगरी तपाईं पनि सन्सारिक कुराहरुमा ब्यस्त भएर परमेस्वरको(पबित्र आत्माको) मन्दिरलाई बेवास्ता गर्नुहुन्छ , उहाको उपस्थितलाई नजर अन्दाज गर्नुहुन्छ भने आज पनि यशु दुखित बन्न सक्नुहुन्छ। यसर्थ, परमेस्वरको आत्माको बास भएको हाम्रो शरिरद्दारा प्रार्थनाको घर जस्तै यशुको महिमा गरौ। जसरी मन्दिरमा मानिसहरुको निम्ति, अन्य जातिहरुको निम्ति अर्ज बिन्ती गरिन्छ, मध्यस्थता गरिन्छ। हो यहि कुरा आज तपाईं र म मार्फत भएको यशु चाहनुहुन्छ। आउनुहोस, आजैदेखी, हामी पनि मानिसहरुको निम्ति अर्ज बिन्ती चढाउन थालौ। बिरामिहरुको निम्ति चङ्गाईको घोषणा गरौ। थाकेकहरुको निम्ति उत्साह बोलौ। अन्धकारको शक्तिबिरुद्द परमेस्वरको वचन र शक्तिको घोषणा गरौ। हाम्रो प्रार्थना द्दारा परमेस्वरले धेरै मानिसहरुमा अनन्त जीवन ल्याउदै हुनुहुन्छ।यसैको निम्ति उहाले आज तपाईको शरिरलाई आत्माको मन्दिर बनाउनु भएको छ। आमेन।
23 फेब्रुअरी 2022
पास्टर नयन राई