Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

प्रकाश 22:12-14 (NNRV)
12. “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।13. म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।14. “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌।

प्रकाश को पुस्तकको अन्तिम अध्यायलाई समापन गर्दै गर्दा यशु प्रभुले आफ्नो दुतमार्फत भन्नू भयो 'म चाडै आउदैछु। हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल म सग छ। म अल्फा र ओमेगा हु। यशुप्रभु दोस्रो आगमन हुनुहुने र त्यो समय मा उहाले हरेकलाई प्रतिफल दिनुहुनेछ। त्यो न्यायको घडी जहा मानिसले गरेको बिस्वास र त्यही अनुसार गरेको कार्य, जिएको जीवन अनुसारको फल पाउने समय। न्यायधिसको अघि समस्त मानव जाती उभिने त्यो समय! एक पटक बिचार गरौ, त्यो कस्तो घडि हुनेछ! धन्यवाद होस थुमा यशुलाई जसको रगतले धोएर पखालेर किनेर शुद्ध पारेर उहामा बिस्वास गर्नेहरुले स्वर्गीय जीवन र स्वर्गमा प्रबेस पाउनेछन। आज तपाईं र म यशुको बचनले धोईएका छौ । यशुको रगतले पखालिइएका छौ । के तपाईं मात्र त्यस स्वर्गीय शहरमा जान चाहनुहुन्छ? होइन, तपाईं आफ्नो साथमा अरुहरुलाई पनि जान पाओस भनी सोच्नुहुन्छ भने आजै देखि यशुको प्रेम र सुसमाचार बाड्न शुरु गरिहाल्नुहोस। किनभने यशु चाडै आउदैहुनुहुन्छ। र उहाले हरेकलाई उसले गरे अनुसारको प्रतिफल तथा ईनाम पनि दिनुहुनेछ। आमेन।

27 जनवरी 2022
पास्टर नयन राई