Listen

Description

(Daily devotion)
आजको बचन मनन गर्नुहोस।

१ शमूएल 26:22-24 (NNRV)
22. दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्‍यो लैजाओस्‌। 23. परमप्रभुले हरेक मानिसलाई त्‍यसको धार्मिकता र विश्‍वसनीयताको निम्‍ति इनाम दिनुहुन्‍छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्‍पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्‍नो हात उठाउन इन्‍कार गरें।24. जसरी मैले हजूरको प्राणलाई आज बहुमूल्‍य सम्‍झें, त्‍यसरी नै परमप्रभुले मेरो प्राण पनि बहुमूल्‍य सम्‍झून्‌, र मलाई सबै आपत्तिदेखि मुक्त गरून्‌।”

अगमबक्ता समुएलबाट राजा हुने अभिषेक पाएका दाउदको जिबनमा परमेस्वरको योजना पूरा हुन धेरै चुनोतिहरु आएता पनि अन्तमा पूरा भैइ छोड्यो। परमेस्वरको आत्माले दाउदलाई डोर्याएका कारण दाउदमा शक्ति, जोश, साहस र अगुवाइ मिलेको थियो। साउलले धेरै पटक दाउदलाई मार्न प्रयास गरे। तर परमेस्वरले सबै समयमा दाउदलाई बचाउनु भयो। दाउदले भने दुई पटक सम्म साउललाई मार्न सक्ने मोका पाए, तर परमेस्वरको आत्माले त्यो घट्ना हुन दिनु भएन। दाउदले आफ्नो आबग, रिस, र डरमा चलेको भए मार्न पनि सक्थे साउललाई। उनका सहायकहरुले सुर्याएका पनि थिए। तर दाउदले परमेस्वरको आत्माको आवाज सुने र अगुवाईमा चले । हातमा परि सकेको साउलको जिबनलाई त्यसै छोडे। यी सबै घटनाको पछाडी परमेस्वर नै हुनुहुन्थ्यो । यी सबै घट्ना बाट परमेस्वरले दाउदलाई पछि दिन लागेको राज्य र त्यसको जिम्मेवारीबारे सिकाउदै हुनुहुन्थ्यो । के तपाईलाई पनि कसैले खेदो गरि रहेको छ? तपाईले गरेका अशल काममा पनि बाधा दिइरहेको त छैन? बिचार गरौ है! सायद तपाईलाई पनि आउने भबिस्यमा परमेस्वरले दिन लाग्न भएको ठुलो जिम्मेवारी र कामको निम्ति जाच्दै हुनुहुन्छ! पबित्र आत्मा तपाईं भित्र हुनुहुन्छ। हाम्रो बिरुद्धमा भए पनि आबेगमा काम गर्नु अघि पबित्र आत्माको आवाज र अगुवाइलाई खोजौ । किनभने परम प्रभुले हरेक मानिसलाई त्यसको धार्मिक्ता र बिस्वस्नियताको निम्ति ईनाम दिनुहुन्छ। आमेन।

22 नोभेम्बर 2021
-(पास्टर नयन राई)