Listen

Description

(Daily devotion)

मत्ती 23:11-12 (NNRV)
11. तिमीहरूमध्‍ये जो सबैभन्‍दा उच्‍च छ, त्‍यो तिमीहरूको सेवक हुनेछ।12. जसले आफूलाई उच्‍च पार्छ, त्‍यो होच्‍याइनेछ, र जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।

यशुले फरिसिहरुलाई देखेर तिनिहरुको ढोङ्गिपन प्रती हकार्नुभयो। यिनिहरु हृदय र ब्यबहारमा कुरुप थिए। आ - आफैलाई मालिक सम्झन्थे। यशुले भन्नुभयो- जसले आफुलाई उच्च पार्छ, त्यो होच्याईनेछ। जसले आफुलाई होच्याउनेछ, त्यो उच्च पारिनेछ। जो सबै भन्दा उच्छ छ, त्यो तिमिहरुको सेवक हुनेछ । बिस्वासिहरु खृस्टको चेला हुन बोलाईएका छौ। चेलाको अर्थ सेवक हो, उ मालिक होइन, उसको कोहि एक जना मालिक छ। हामी नम्रतामा खृस्टको चेला एबम सेवक बन्न सक्छौ। यशुले कस्तो नम्रताको कुरा गर्नुभएको? त्यस्तो नम्रता जुन भित्र हृदय बाट आउँछ। बाहिरि बनावटी व्यबहार र बोलिमा होइन, आत्माबाट आउने नम्रता। यस्तो नम्रता भने परमेस्वरलाई मालिक मानेर उहाको आज्ञा एबम बचनलाई पालन गर्दा खेरी बिकसित हुन्छ। यस्तो नम्रता पबित्र आत्माको फल एक फल हो।
पृयहरु, जब तपाईं प्रभुको बचनलाई पालन गर्न कदम चाल्नुहुन्छ, पबित्र आत्माले तपाईको जिबनमा काम गर्ने ठाउ पाउनुहुन्छ,तब साचो नम्रता अङ्कुरित हुन थाल्छ। यस्तो नम्रताले साचो सेवक हुन मद्दत गर्दछ। यस्तो मानिसले आफैलाई परमेस्वरको सामु होच्याउछ, र उ परमेस्वरको दृस्टिमा उच्छ हुनेछ। आमेन।

24 फेब्रुअरी 2022
पास्टर नयन राई