(Daily devotion)
आजको बचन मनन गर्नुहोस।
यशैया 25:8-9 (NNRV)
8. उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ। परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्नुभएको छ।9. त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गर्यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गर्यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।”
यशैया अगमबक्तालाई प्रकट गरिएको दर्शनमा परमेश्वरले यशू खृस्टले राज्य गर्नुहुने एक हजार बर्सको शासन अवधी बारेमा देखाउनु भयो। यशैयाको समयमा इस्राएली जातिहरु असाध्यै पेलिएका, पिडामा पारिएका वा परमेश्वरको आज्ञा विरुद्ध गएर नस्ट भएका भए तापनी उहालाई बिश्वास गर्ने र खोजी गर्नेहरुको निम्ति परमप्रभु परमेश्वरले अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ। यशूले दिनुभएको मुक्ति र उद्धार आजको निम्ति मात्र नभएर अनन्त -अनन्त सम्मको निम्ति छ। के तपाईं आज पिडामा, वा कस्टमा हुनुहुन्छ? के तपाईं आज ठुलो संघर्षमा हुनुहुछ? उत्साहित हुनुहोस। तपाईले उद्घार पाउनु भएको छ। स्वर्गीय मुक्ती प्राप्त गर्नु भएको छ। उद्दार पाएकोमा खुशी हुनुहोस। रमाहट गर्नुहोस। यशूको प्रशंसा गर्नुहोस। आजको दुख र कस्टहरु अन्त हुनेछन। परमेश्वरको खोजी गरिरहनुहोस। उहाको बचनमा खडा भैरहनुहोस। उहाले आँसु पुछी दिनुहुनेछ। निन्दा हटाई दिनुहुनेछ। येशूले तपाईको जिबनमा यसै समयमा, आज नै गर्न लाग्नुभएको छ। आमेन।
15 मार्च 2022
पास्टर नयन राई