(Daily devotion)
मत्ती 26:37-39 (NNRV)
37. ..आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो।38. तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।”39. अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।”
आफ्नै मानिसहरुद्वारा धोकामा पारिएर यशु प्रभु पक्राउ पर्न अघि उहामा छटपट्टि भयो, मन ब्याकुल भयो, उहाँ शौकित हुनु भयो। आफ्ना पृय चेलाहरु दुखि नबनोस भनेर यशु अलिक पर गएर यसरी मनको बेदना पोख्नुभयो-"हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्।" कस्ट आउन लागेको, मृत्युको कुरा कसैलाई प्यारो लाग्दैन। यशु पनि हामी जस्तै शरिरमा हुनुहुन्थ्यो । उहाको निम्ति पनि त्यो क्षेण धेरै पिडादायो हुदै थियो। जुन दुख र कस्टदायि मृत्युको कचौरा पिउन परेको थियो, त्यो वास्तबमै गार्हो थियो। तर यशु प्रभुले तपाईको खातिर, मेरो खातिर त्यो स्विकार्नु भयो, त्यो कचौरा पिउनुभयो। उहाले आफ्नो सबै ईच्छालाई त्यागेर पिताको इच्छा अनुसार हुन सकोस भनी प्रार्थना गर्नुभयो- .."मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।”
प्रीयहरु! तपाईको निम्ति यशुको प्रेम महान छ। त्यही प्रेमको कारण उहाले कस्टदायी मृत्यु स्विकार्नु भयो। तपाईं र मैले चाहना र ईच्छा गरेको पूरा होस भनेर यशुले आफ्नो सबै ईच्छा र चाहनालाई पिताको ईच्छामा राखिदिनु भयो। यसैकारण, यशु प्रभुले स्वर्गीय मुक्ती मात्र होइन, सन्सारमा जिउदा नै तपाईको ईच्छा पूरा गर्नुहुन्छ। उहाले कस्टदायी कचौरा पिउनुभएकोले आज हामी आनन्द र शान्तिको कचौरा पिउन पाएका छौ। यशुलाई धन्यवाद, महिमा र आराधना । आमेन।
26 फेब्रुअरी 2022
पास्टर नयन राई