(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
यशैया 26:7-9 (NNRV)
7. धर्मीको बाटो सोझो हुन्छ। हे धर्मी जन हो, तपाईंले नै धर्मीको बाटो सोझ्याउनुहुन्छ।8. हे परमप्रभु, तपाईंका इन्साफको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं। हाम्रा हृदयको इच्छा तपाईंकै नाउँ र तपाईंकै सम्झनामा छ।9. राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्छन्।
परमेश्वरको मार्गमा लागिरहने धर्मी जनहरुको साचो मुक्ती र छुटकारा परमेश्वरबाट आउँछ । परमेश्वरको वचनद्वारा निर्देश गरिएको बाटोमा जिउनु अशल हुन्छ भनेर यशैया अगमबक्ता भन्छन। परमेस्वरले इन्साफ गर्नुहुदा धर्मिजनहरुले न्याय पाउनेछन। छुटकारा पाउनेछन। संसारमा आज तपाईलाई कस्ट भएतापनी, अन्यायमा पारिएको भए तापनी भोलि अर्थात आउने समयमा परमेश्वरले न्याय दिनुहुनेछ, छुटकारा दिनुहुनेछ। तपाईं आजको निम्ति मात्र जिउन ब्यक्ती होइन, अनन्त- अनन्त सम्मको निम्ति स्वर्गीय राज्यमा जिउने ब्यक्ति हो। यसर्थ, यहि भरोसामा, रात, बिहान परमेश्वरको चाहनामा जिऔ। आत्माले उहाको मार्गहरु खोजौ। वचन भन्छ- परमेश्वरको न्यायको दिन सङ्कटमा पर्दा मात्र सन्सारका मानिसहरु धार्मिक्ता सिक्छन। तर यशूमा बिश्वास गरेर धार्मिक्तामा जिउनेहरुको निम्ति भने आनन्दको दिन हुनेछ। आमेन।
17 मार्छ 2022
पास्टर नयन राई