(Daily devotion)
मत्ती 28:5-7 (NNRV)
5. तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ।6. उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।7. तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”
क्रुसमा यशुको मृत्यु पछि उहालाई गाडिएको चिहानमा तेस्रो दिन बिहान सबेरै महिलाहरु उहाको चिहान अघि गए। यशुलाई गाडिएको चिहानको ढोका पुग्नु अघि नै ती स्तृहरुलाई स्वर्गदुतले भेट गरे। स्वर्गदुतलाई देख्दा ती स्तृहरु डराए। स्वर्गदुतले यशुको बारेमा भने- "तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ।. उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर" ती स्तृहरु हत्त न पत्त चिहानको उघारिएको ढोकाबाट पसेर यशुलाई खोजे तर पाएनन। किनभने यशु पुनरुत्थान भैसक्नु भएको थियो। यशुको मृत्युबाटको पुनरुत्थाना जस्तो घट्ना विश्व मानव ईतिहासमा न कहिल्यै अगाडि भयो। न अब कहिल्यै पछि हुनेछ। यशु स्वयम् परमेस्वर मानिसलाई पापबाट छुटकारा दिन मानिसको कोखमा बास गर्नुभएको र अब पाप र मृत्युको शक्तिमाथी बिजय हुँदै पुनरुत्थान हुनुभएको सत्य घट्ना हो। यशुको मृत्यु र पुनरुथानको कारणले नै आज हामिले पापबाट स्वतन्त्र भएका छौ। मृत्युले हाम्रो आत्मिक जिबनलाई छुन सक्दैन । वचन अनुसार हाम्रो शरीर मरेर गए तापनी यशुको दोस्रो आगमन पश्चात हामी शरिरमा नै पुनरुत्थान हुनेछौ। हल्लेलुयाह! यशुलाई स्तुति होस। तपाईं र मलाई आज त्यही पुनरुत्थान हुने यशुको शक्तिले काम गर्दै हुनुहुन्छ। मेरो प्रार्थना छ, तपाईको जिबनको सबै ईलाकामा यशुको पुनरुत्थानको शक्तिले काम गरून्। सिथिल अबस्थाहरु बौरी उठुन। थकाई र कस्टहरुमा नया ताजगि र यशुको बिजयी हुने सामर्थ्य प्राप्त होस। आमेन।
28 फेब्रुअरी 2022
पास्टर नयन राई