Listen

Description

(Daily devotion)
आजको बचन मनन गर्नुहोस।

2 इतिहास 18:2-4 (NNRV)
2. केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावालश्‍करको निम्‍ति धेरै भेड़ा र गोरुहरू मारे, र रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई उक्‍साए।3. इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “रामोतगिलादमाथि आक्रमण गर्न तपाईं मलाई साथ दिनुहुन्‍छ?” तिनले जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्‍तै हुन्‌। यस लड़ाइँमा म तपाईंलाई साथ दिनेछु।”4. तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्‍लाह लिनुहोस्‌।”

यहुदाका राजा यहोसापात यरुसलेमका राजा आहाबलाई भेट्न जादा आहाबले एक प्रकारको योजना सुनाए । आहाब रामोत गिलाद भन्ने सहरलाई आक्रमण गरेर कब्जा जमाउन चाहन्थे। यहोसापातको साथ माग्दा उनले दिएको जवाफ भने गजबको छ। आहाबसग भाडामा राखेका थुप्रै अगमबक्ताहरु थिए। तर यहोसापातले ती झुटा अगमबक्ताहरु हुन भनेर आत्मामा थाहा पाए। यसर्थ, यहोसापातले आहाबलाई पहिले परमेस्वरको इच्छा के छ भनेर प्रार्थना गर भनेर सल्लाह दिए। बाइबल भन्दछ- मानिसको हृदयमा धेरै योजनाहरू हुन्‍छन्‌, तर परमप्रभुकै उद्देश्‍य विजयी रहन्‍छ। यदि परमेस्वरको अनुग्रह र इच्छा छैन भने हामिले जति नै योजना बनाएर वा मेहेनत गरे तापनी बिजय हुन सक्दैनौं । आहाबलाई लागेको थियो। यहोसापात सहितको सेनाको शक्तिले सजिल्यै जित्न सक्थे। तर त्यो कामा परमेस्वरको ईच्छा र योजना नभएकोले तिनले अन्तत: अगमबक्ता मिकाको अगमबाणि पूरा हुँदै युद्धमा ज्यान गुमाए। तपाईं पनि कुनै काम गर्नु अघि परमेस्वरसग प्रार्थना गर्नुहोस। परमेस्वरले तपाईलाई सहि बाटो उहाको ईच्छा तपाईको भलाईको खातिर प्रकट गरिदिनुहुनेछ। आमेन।

26 जनवरी 2022
पास्टर नयन राई