(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
2 इतिहास 1:7-10 (NNRV)
7. त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्।”8. सोलोमनले परमेश्वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान् र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ9. अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्का गर्नुहोस्, किनभने पृथ्वीको धूलो जतिकै अनगन्ती प्रजामाथि तपाईंले मलाई राजा तुल्याउनुभएको छ।10. अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्छ र?” दाउदको छोरा सोलोमन राजा भए पछि तिनी सग परमप्रभु खुशी हुनुभयो। एक रात उहाँ सोलोमनसग देखा परेर के चाहन्छौ भनेर सोध्दा सोलोमनको जवाफ उहालाई विशेष लाग्यो। सोलोमनले प्रजा र देशलाई शासन गर्ने बुद्धि र ज्ञानको माग गरे। उनले किन परमेस्वरको बुद्धि नै मागे? उनले कसरी बुद्धि नै सबैभन्दा भन्दा बढि आबश्येक हो भन्ने कुरा ठम्म्याउन सके? सोलोमन दाउद राजाको शिक्षामा हुर्केका थिए। दाउदले सोलोमनको हृदयमा परमेस्वरको वचन र ग्यानलाई छरेका थिए। त्यसो हुनाले सोलोमनलाई जिबनमा सर्बश्रेस्ठ कुरा परमेस्वरको बुद्धि नै हो भन्ने कुरा थाए। उनले धन सम्पती,शक्ति र नाम भन्दा उहाको बुद्धि र ज्ञानको खोजी गरे। उनको निस्वार्थ माग सुनेर परमेस्वर बुद्धि को साथ साथै धन सम्पत्ति र मान सम्मानमा पनि पृथ्वी कै सर्बश्रेठ बनाउनेछु भनेर प्रतिज्ञा गर्नु भयो। सोलोमन बुद्धिमा यति प्रसिद्ध र बुद्धिमान थिए कि उनले सबैको हरेक प्रश्नहरुको उत्तर चित्त बुझ्दो गरि दिन सक्थे। उनि धन सम्पतिमा पनि सबै भन्दा माथी थिए। तपाईको जिबनमा पनि परमेस्वरको परमेस्वरको बुद्धिको निम्ति माग गर्नुहोस। परमेस्वरले तपाईलाई नझर्किकन दिनुहुन्छ। बुद्धिले नै अन्य सबै प्रकारका कुराहरु ल्याउनेछ। आमेन।।
22 जनवरी 2022
पास्टर नयन राई