(Daily devotion)
२ इतिहास 32:19-21 (NNRV)
19. मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्वरलाई निन्दा गरे।20. यस अवस्थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्वर्गतिर कराएर प्रार्थना गरे।21. तब अश्शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्जती भएर आफ्नो देशमा फर्के। जब उनी आफ्नो देवताको मन्दिरमा पसे तब उनका छोरामध्येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे।
असुरी राज्यका राजा र तिनका राजा सन्हेरिब एक शक्तिशाली थिए। शक्तिको उन्मादमा उनी र उनका सेनाले इस्राएलका परेस्वरलाई गिल्ला र अपमान गरेर हाक दिइरहे। यस परिस्थितिमा हिजकिया राजा र यशैया अगमब्क्ता स्वरर्गिय सहायताको लागि अर्ज बिन्ती गरे। परमेस्वरले तिनिहरुको अर्ज बिन्ती सुनेर एउटा स्वर्ग दुत पठाई असुरिहरुका सेनाका हाकिमहरुलाई सङ्हार गर्नुभयो । यसरी आक्रमण गर्न आएको शत्रुको खुदै बेईज्जत हुँदै फर्केर गए। सन्हेरिबले ईस्राएलको परमेस्वरलाई पनि अरु देवताहरु झै सुन्न नसक्ने, बोल्न नसक्ने सामन्य सोचेर अपमान गरे। तर बदलामा परम प्रभु परमेस्वरले आफ्नो शक्ति प्रकट गर्दै सन्हेरिबलाई उल्टो आफ्नै नाशमा परिणत गर्नु भयो। (1) हाम्रो परमेस्वर फरक किसिमको र कसैको सग पनि उहाक तुलना गर्न सकिँदैन । उहाँ स्वर्ग र पृथ्वीका राजा हुनुहुन्छ। (2) उहाँ आफ्ना जनहरुको अर्ज बिन्ती हरु सुन्नको निम्ति तमतयार भएर पर्खी रहनुहुन्छ । जब शत्रुहरुले बाधा ल्याइदा हामी उहालाई पुकार गर्दछौं भने उहाँ आफ्नो सिहाशन बाट उठ्नुहुन्छ र आफ्ना छोराछोरीका शत्रुहरुलाई जरैदेखी हल्लाएर बेईज्जत गरिदिनुहुन्छ। तपाईं पनि उहालाई पुकार गर्नुहोस, उहाले तपाईलाई बिजय दिनुहुनेछ। हल्लेलुयाह! आमेन।
29 जनवरी 2022
पास्टर नयन राई