Listen

Description

(Daily devotion)

२ इतिहास 36:22-23 (NNRV)
22. फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको हृदय उत्तेजित पार्नुभयो। अनि उनले आफ्‍नो साम्राज्‍यभरि नै मुखैले र लिखित रूपमा यसो भनेर एउटा घोषणा निकाले:23. “फारसका राजा कोरेस यसो भन्‍छन्‌: परमप्रभु स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। अनि उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म त्‍यसलाई भन्‍दछु, ‘परमप्रभु त्‍यसका परमेश्‍वर त्‍यससँग रहून्‌, अनि त्‍यो मानिस उक्‍लेर यरूशलेममा जाओस्‌’।”

2 ईतिहास 36:15 ले भन्छ- परमेस्वरले उहाका प्रजा र बासस्थान यरुसलेम माथी दयाको कारण आफ्ना दुतहरु मार्फ घरी घरी चेतावनी दिइरहनु भयो। ईस्राएलिहरु घोर मुर्तिपुजा र बिचलनमा परेका थिए। उनिहरुको भक्तिहिनता र पापको कारण इस्राएलिहरु र यरुसलेमको पतन हुने नै भयो। बेबिलोनि राजा नबुकदनेस्वरको आक्रमणद्वारा यरुसलेम जलाईदै गर्दा परमेस्वर कती दुखित हुनुहुन्थ्यो भन्ने कुरा माथिका पदहरुबाट थाहा हुन्छ। सत्तरी सालको सुन्यतापछी परमेस्वरको निगाह आफ्ना प्रजा माथी उर्लेर आयो ।अन्तत, इस्राएली जातिहरु बिनम्र बने पछि उहाले एक अन्य जाति फारसका राजा कोरेसको हृदय उत्तेजित पार्दै इस्राएलिहरुलाई यरुसलेम जान र मन्दिर बनाउन उर्दि जारी नै गर्न लगाउन भयो। आज पनि त्यही परमेस्वर तपाईको जिबनमा काम गर्दै हुनुहुन्छ। यदि हामीले उहालाई खोज्यौ र बिनम्र भयौ भने, उहाले तपाईं काम गरि राखेकै ठाउको ब्यक्ती वा कुनै पनि ब्यक्तिलाई तपाईंको छुटकारा र आशिसको निम्ति प्रयोग गर्न सक्नुहुन्छ । हल्लेलुयाह! हाम्रो परमेस्वर आश्चर्यजनक काम गर्ने, राजाहरुका हृदय परिबर्तन गर्ने परमेस्वर हुनुहुन्छ । आमेन।

31 जनवरी 2021
पास्टर नयन राई