(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
2 इतिहास 7:14 (NNRV)
14. यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
स्वर्ग र पृथ्वीका सबै कुराको साचो हाम्रो परमेस्वरको हातमा छ। उहाको वचन अनुसार जिउनेहरुलाई आशिष् दिनुहुन्छ । तर दुष्ट चालहरुमा हिड्नेहरु भने उहाको अनुग्रहबाट बाहिर रहन्छन। जब मानिस पीडा र कस्टमा पर्छ, त्यति खेर नै मानिसले कसैको सहायता आबश्येक छ भन्ने कुरा सम्झन्छ। अनि परमेस्वरलाई पुकार गर्छ। हाम्रो परमेस्वरको भला , क्षेमाशिल, र प्रेमिलो मन सधै नै आफ्ना जनहरुमा छ। उहाँ भन्नुहुन्छ, यदि...मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु..। के आज तपाईं आफैलाई नम्र पार्न तयार हुनुहुन्छ? हो भने आजैदेखी उपबास बस्नुहोस, प्रार्थना गर्नुहोस । प्रभुको खोजी गर्नुहोस। कुन कुराले तपाईं संघर्ष गर्दै हुनुहुन्छ? प्रभुमा राख्नुहोस। नम्रतामा उहासग पुकार गर्नुहोस। परमेस्वरको प्रतिज्ञा छ, यदि तपाईं नम्र भएर , आफ्ना सबै खराबी, पाप र परमेस्वरलाई मन नपर्ने कुराहरुबाट पश्चाताप गर्नुहुन्छ भने उहाले तपाईलाई क्षेमा दिनुहुनेछ, निको पार्नुहुनेछ र स्वस्थ्य पार्नुहुनेछ। बिस्वासिहरुको पस्चाताप सहितको अर्जबिन्तिले समाजलाई उन्नतिमा लानेछ। देशले आशिष पाउनेछ। आमेन।
24 जनवरी 2022
पास्टर नयन राई