(Daily devotion)
अय्यूब 2:9-10 (NNRV)
9. तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं आफ्नो निष्ठामा अझै अड़ी नै रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्।”10. अय्यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ। परमेश्वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्यूबले पाप गरेनन्।
अयुबको पुस्तकको अध्याय १ को १र ३ ले भन्दछ- तिनी एक परेस्वरको डर मान्ने, सोझो, निर्दोष र पुर्बका सबै मानिसहरु भन्दा महान ब्यक्ति थिए। तिनी त्यस समयका अगुवा, मानिसहरुको निम्ति न्याय निसाफ गर्ने ब्यक्ति थिए। तिनको बिस्वास अडिग छ भनेर जान्दा जान्दै परमेस्वरले तिनलाई अझ जाँच गर्नुभयो। अब, तिनमा आई परेको बिपत्ति मान्छेले सहन सक्ने भन्दा धेरै हद सम्म ठुलो थियो। अचानक कल्पना गर्नै नसक्ने गरि आइपरेको क्षेती, आफ्ना छोराछोरिहरु गुमाएको पिडाले तिनकी श्रीमती भने परमेस्वर प्रती कति बढी रुष्ट र निराश थिइन भन्ने कुरा अध्याय २ को ९ ले बताउछ। अयुबको श्रीमतीले परमेस्वरलाई सरापेर मर्नु भन्ने कुरा गर्दा अयुबले भने -परमेश्वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” मानिस सुख पाउँदा सबैथोक पाए जस्तो गर्छ। तर दुख पाउँदा सबैथोक गुमाए जस्तो गर्छ। अयुब ले भने यदि परमेस्वरले सुख प्रदान गर्दा खुशी भन्ने हो भने दुखको समयमा पनि उहालाई स्वीकार गर्न पर्छ। दुख पछि निश्चय नै सुख आउनेछ। मत्ती २५:२९ अनुसार जो सग छ, उसलाई अझ धेरै दिइनेछ। यदि तपाईले परमेस्वर प्रतिको डर, बिस्वास र भरोसा साची राखेको छ भने, तपाईको त्यो बिस्वास र भरोसालाई अझ कसिलो पार्न परमेस्वरले धेरै परिस्थिति भएर लानुहुनेछ। यी समयहरुमा कस्ट र दुख पनि हुनेछ। तर तपाई नाअत्तिनुहोस , स्थिर भैरहनुहोस। यसबाट परमेस्वरले तपाईमा भएको बिस्वास र भरोसालाई अझ बलियो पार्नुहुनेछ। वृद्धि गर्नुहुनेछ। निश्चय नै, तपाईलाई सधै कस्टमा मात्र परमेस्वरले छोड्नुहुनेछैन। पृथ्वीको शारीरिक कस्टपुर्ण बसाई पछि यशुसगको स्वर्गीय बसाई सुखद हुनेछ। दुख पछि सुख निश्चय नै दिईनेछ। आमेन।
15 फेब्रुअरी 2022
पास्टर नयन राई