Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

२ राजा 20:1-5 (NNRV)
1..हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ: तेरो घरलाई ठीकठाक पार्‌, किनभने तँ मर्नेछस्‌। तँ निको हुनेछैनस्‌।”2. तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाए,3. “हे परमप्रभु, सम्‍झना राख्‍नुहोस्‌, म तपाईंको सामुन्‍ने कस्‍तो विश्‍वास र सम्‍पूर्ण हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए4. यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो:5. “फर्केर मेरो प्रजाको अगुवालाई भन्‌, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्‍दिरमा जानेछस।

राजा हिजकियाको रोग निको हुने खालको थिएन। उनले सबै प्रकारको ओसधी उपचार गरे । तर ब्यर्थ भयो। परमेस्वरबाट वचन आयो र उनलाई अगमबक्ताबाट सुनाइयो अब उनी मर्दैछन। मर्न लागेको खबरले हिजकिया निराश बनेर ओछ्यानमै ढल्कि बसेनन। तर परमेस्वरकहा गएर प्रार्थना बिन्ती गरे। उनले परमेस्वरमा त्यतिन्जेल कसरि भक्ति र बिस्वासयोग्य भएर जिए भन्नेकुरा बताए। उनको बिन्ती पुकार भित्र देखिको थियो र गम्भीर थियो। उनले बालकले झै धुरु धुरु रोएर आशु सहित परमेस्वरमा पुकार गरे। हिजकियाको गम्भिर प्रार्थनाले परमेस्वरलाई प्रभाबित तुल्यायो। उनको आँसु र रोदनले परमेस्वरलाई उद्देलित तुल्यायो। परिणाम स्वरुप परमेस्वरले हिजकियालाई रोगबाट निको पार्नुभयो र अरु निकै बर्सको आयु थपी दिनु भयो। के तपाईं पनि त्यस्तै अबस्थामा हुनुहुन्छ जहा कि तपाईं मृत्युकै मुखमा परेको अनुभव गर्दै हुनुहुन्छ? चाहे त्यो रोग, परिस्थिति जे होस। तपाईं निराश भएर नबस्नुहोस। झट्टै हिजकिया झै प्रार्थना गर्न शुरु गरिहाल्नुहोस। प्रभुमा आशु बगाउनुहोस। तपाईको भित्र मन र हृदयबाट आएको गम्भिर प्रार्थनाले प्रभुलाई प्रभाबित गर्नेछ। तपाईको आँसु र रोदनलाई हाम्रो प्रभुले त्यतिकै सुक्न दिन हुने छैन। उहाँ हाम्रो अब्बा , बुबा हुनुहुन्छ। परमेस्वर बुबा हाम्रो प्रार्थना सुनेर तपाईं निको पार्न, तपाईलाई अभाबबाट माथी उठाउन , शत्रुहरुबाट बचाउन तमतयार हुनुहुन्छ। आमेन।

1 जनवरी 2021
पास्टर नयन राई