(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
2 राजा 2:8-9 (NNRV)
8. एलियाले आफ्नो खास्टो उतारे, र त्यो बेहेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्खा जमिनमा हिँड़ेर पारि गए।9. नदी पार गरिसकेपछि एलियाले एलीशालाई भने, “तिमीबाट उठाएर लान अघि म तिम्रो निम्ति के गरूँ?” “तपाईंको आत्माको दोबर भाग पाउने हक मलाई दिनुहोस्,” एलीशाले जवाफ दिए।
एलियाले सेवाकाईलाई अन्त्य गर्दै गर्दा परमप्रभुद्दारा उठाई लानु अघि आफ्ना उत्तराधिकारी एलिशालाई अन्तिम आशिर्वाद दिने चाहना गरे। उनको त्यो चाहनालाई सिरोपर गर्दै एलिशाले मागे - मलाई तपाईको "आत्माको दोब्बर भाग" पाउने हक दिनुहोस। एलिशालाई आफ्ना आत्मिक बाबुसग हुन लागेको बिछोड थाहा थियो। साथमा उनले अब आउने समयमा एक्लै आत्मिक लडाई लड्न पर्नेछ भन्ने पनि थाह थियो। परमेस्वरको सेवामा पाएको बोलावट पनि उनलाई थाहा थियो। यसर्थ, अब आउने समय उनको लागि जटिल बन्न जाने थियो। यो कुरा बुझेर नै एलिशाले थुप्रो धन सम्पत्ति, नाम ईज्जत होइन परमेस्वरको सेवा गर्नेको निम्ति आत्माको ठुलो अभिषेक दिइयोस भनेर माग गरे। त्यो जमानामा परिवारका जेठा छोरालाई बाबुले दोब्बर उत्तराधिकारी हकको आशीर्वाद दिन्थे। एलिशाले पनि एलियामा रहेको आत्माको प्रशस्तताको चाहना गरे। आज तपाईं के कुराको ठुलो चाहना गर्दै हुनुहुन्छ ? तपाईं प्रत्येक पनि एलिशा आउने समयमा गर्न लागेको झै आत्मिक लडाईको निम्ति चुनिएको ब्यक्ति हो । यसर्थ तपाईले पनि आत्मिक अभिषेक माग्नुहोस - दुस्टताको विरुद्ध धावा बोल्ने अभिषेक, परमेस्वरको बचनलाई इन्कार गरिरहेकाहरु बिच शक्तिशाली र आश्चर्यजनक कार्यहरु प्रदर्शन गर्ने अभिषेक। ईम्मानुएल! परमेस्वर हामिहरुसग हुनुहुन्छ। उहाले तपाईलाई पबित्र आत्माको अभिशेकमा खडा गर्दै हुनुहुन्छ । आमेन।
19 डिसेम्बर 2021
- पास्टर नयन राई