(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
2 राजा 6:15-17 (NNRV)
15. जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”16. ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।”17. तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्।” तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्निमय घोड़ाहरू र रथहरूले भरिएका देख्यो।
परनेस्वरको जन एलिशालाई पक्रन आउन लागेको अरामिहरुको ठुलो सेनाले घेरी राखेको बेला फगत दुई ब्यक्ति घेराबन्दीम परे। एक जना एलिशा र अर्को उनको सहाएता गर्ने सेवक। सेवक बिहानै उठेर हेर्दा आफुलाई घेरी राखेको देखि धेरै डराए। उनको डर स्वभाबिक थियो। उनले आफ्ना मालिक अगमबक्तालाई आत्तिएर के गरौ, कसो गरौ भनि बिलौना गरे। एता अगमबक्ता एलिशा भने शान्ति र ढुक्क भै बसेका देखिन्थे। एलिशाले भने, हामिसग पनि साथैमा सेना छ जुन तिनिहरुको भन्दा ज्यादै शक्तिशाली छ। अगमबक्ताले सेवकलाई नडराउन भन्दै परमेस्वरसग तिनको आँखा खोलिदिनुहोस भनेर प्रार्थना गरे। प्रार्थनाको उत्तर आयो र सेवकले चारै तिर अग्निमय घोडाहरु र रथहरु सहितको शक्तिशाली सेनाले अरामिका सेनाहरुलाई घेरेर नियन्त्रणमा राखिरहेको देखे।
प्रीय हो, तपाईको अगाडि जस्तो सुकै परिस्थिति भए तापनी तपाई एक्लो छैन। तपाईलाई सहायता गर्ने परमेस्वरको सेना छ। आज थाहा गर्न, बिस्वास गर्न र देख्न मात्र परेको छ। बाइबल भन्दछ- 'जो तिमिहरुमा हुनुहुन्छ, उहाँ सन्सारमा हुने भन्दा महान- शक्तिशाली हुनुहुन्छ।' मेरो प्रार्थना छ, पबित्र आत्माले तपाईको पनि आत्मिक आँखा खोकिदिउन र आफ्ना वरिपरि परमेस्वरको सेनाहरु र स्वर्गदुतहरु सुरक्षा गर्दै रहेको तपाईले देखुन। आमेन।
21 डिसेम्बर 2021
- पास्टर नयन राई